back
CTIZAN AD

झोलुङ्गे पुलले यात्रामा सहज

वि.सं.२०७६ साउन १६ बिहीवार

1.2K 

shares

१६ साउन, रुकुमपूव । सिस्ने गाउँपालिका–३ निवासी गौसरा खड्काले सानीभेरी नदी तर्दा आफ्नो श्रीमान् गुमाईन । यसैगरी सिस्ने गाउँपालिका–५ निवासी लीलामणि गौतमले पनि सानीभेरी तर्दा दिदी गुमाईन ।

सानीभेरीमै बगेर यतिले ज्यान गुमाए भन्ने कुराको तथ्याङ्क सङ्कलन त गरिएको छैन तर उनीहरू जस्तै गाउँमा अकालमै आाफन्त गुमाउनेहरू धेरै छन् । हिउँदमा काठको साँघु र वर्षामा जङ्घार तरेर वारपार गर्ने पोखराका नागरिकका लागि अब भने त्यो दुःख रहेन । अहिले सानीभेरीमा वारि र पारि गाउँलाई जोड्ने झोलुङ्गे पुल बनिसकेको छ । यो पुलले यतिबेला दुई गाउँलाई मात्र होइन, सानीभेरीमा बगेर आफन्त गुमाउनेहरूको फाटेको मन पनि जोडेको छ । सानीभेरी नदी रुकुम (पूर्व) कै सबैभन्दा ठूलो नदी हो । योभन्दा अगाडि यस नदीमा पुल नहुँदा सयौँ नागरिकले जोखिम मोलेर काठको साँघुमार्फत वारपार गर्ने गरेका थिए । पुल बनेपछि भने त्यो बाध्यता टरेको स्थानीयवासी बताउँछन् ।

सस्टेनेबल ब्रिज डिभिजन पुल्चोक ललितपुरको सहयोगमा बिएलपी–हिमशिखर जेभीद्वारा ०७५ वैशाख २५ गते निर्माण कार्य शुरु भई फागुनको पहिलो साता पुल निर्माणको काम सम्पन्न भएको हो । पुलले सिस्ने गाउँपालिका–३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोटसँग जोडेको छ । विशेष गरेर बाह्रै महिना सदरमुकाम पुग्न सकस हुने वडा नं ३ पोखरावासीलाई सजिलो भएको छ ।

त्यसैगरी बाफीकोट गाउँपालिका–२ रुकुम (पश्चिम) का नागरिकलाई पनि वारपार गर्न पुलले सजिलो बनाएको छ । सानीभेरीमा पुल बनेसँगै सानीभेरीको किनारैमा रहेको जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल तातोपानी घुम्न जानलाई पनि सजिलो भएको वडाध्यक्ष पशुपति खड्काले बताए । पुल बनेसँगै तातोपानी नुहाउन, कपडा धुन तथा हेर्न जानेको सङ्ख्यामा पनि वृद्धि भएको उनको भनाइ छ ।

कूल दुई करोड ९१ लाखको लगानीमा निर्माण काम सम्पन्न भएको यो पुल तोकिएको समयभन्दा ६ महिना अगावै सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले बताए । उक्त पुलको लम्बाइ ३५७ मिटर १० सेन्टिमिटर रहेको उनले बताए । हाल जिल्लामा भएका अन्य पुलभन्दा यो पुल सबैभन्दा लामो पुल भएको बताइएको छ । पुल निर्माणपश्चात् पोखराका नागरिकलाई उत्पादित तरकारी, फलफूल तथा अन्य चिजवस्तुहरू सदरमुकाम रुकुमकोट लिएर बेच्न सजिलो भएको यमुना खड्काले बताईन ।

यहाँका नागरिकले पुल नहुँदा बर्सेनी घरघरबाट चन्दा उठाएर काठको साँघु हाल्ने गरेका थिए । त्यही साँघु पनि हरेक वर्षको वर्षामा उर्लेर आउने भेलले बगाएर लैजाने गथ्र्यो । त्यतिबेला स्थानीय बासिन्दा एक घण्टाको पैदल यात्रा गरेर अमलाचौर र बोजेरी भन्ने ठाउँको पुलबाट यात्रा गर्ने गर्थे । अहिले पुल बनेपछि भने यात्रा सहज र सुरक्षित भएको छ । साथै समयको बचत पनि हुने गरेको छ ।

वि.सं.२०७६ साउन १६ बिहीवार १०:१७ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...