back
CTIZAN AD

नेपाली श्रमिकहरुको समस्या र समाधान बारे साउदीमा अन्तरक्रिया

वि.सं.२०७३ मंसिर ६ सोमवार

777 

shares

nrna-saudi
साउदी अरबस्थित नेपाली राजदूतावास रियादको आयोजनामा “नेपाली श्रमिकहरुको समस्या र समाधान” बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । खाडिमूलुक अन्तर्गत नेपाली कामदारहरूको प्रमुख गन्तव्यको रूपमा रहदै आएको साउदी अरब बिश्व बजारमा आएको पेट्रोलियम पदार्थहरूको उत्तव(चढाव तथा आर्थिक मन्दिले पछिल्ला दिनहरूमा प्रभावित भएको छ भने त्यसको असर साउदीमा रहेका नेपाली कामदारहरूमा समेत पर्ने क्रम बढेको छ । यसैलाइ मध्य नजरगरी उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

साउदी अरबको रियाद स्थित नेपाली राजदूत निवास भएको सो कार्यक्रममा आयोजकको तर्फबाट काबा राजदूत आनन्द प्रसाद सर्माज्यूले कार्यक्रमको उदेश्य प्रष्टाउनु भएको थियो । त्यसैगरि श्रम सहचारी अम्बिका प्रसाद अधिकारिज्युबाट नेपाली कामदारूले भोगिरहेका समस्याहरूलाइ बुंदागत रूपमा बर्गिकरण गरिएको थियो ।

बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब रहेका नेपाली कामदारहरूको दिननु बढ्दै गइरहेको समस्या, समाधानका उपाय तथा रोकथाम लगायत मूलत ३ बुंदामा केन्द्रित रहि चलेको कार्यक्रममा एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याणकारी समिति संयोजक, एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष, जनजाति महासंघ साउदी अरबका अध्यक्ष, नेपाली साझा मंचका अन्तर्राष्ट्रिय अभियन्ता, जन प्रगतिशिल मंचका साउदी अरबका अध्यक्ष, फ्रेन्ड्स अफ नेपाल, साउदी अरब एबम नेवास् समाजका अध्यक्ष लगायत दलित एकता संजालका साउदी अरब, जिफन्ट साउदी अरब, मिथिला एकता समाजका साउदी अरब आदिका प्रतिनिधिहरू तथा साउदीमा रहेका नेपाली व्यापार व्यावसायीहरूद्वारा आ(आफ्ना बिचार, सल्लाह, सुझावहरू राखिएको थियो ।

अन्तरकृया कार्यक्रममा भएका छलफल, राय, सल्लाह, सुझावहरू टिपोट गरी बुंदागतरूपमा निर्णयहरू भएको छ भने आयोजक नेपाली राजदूतावास रियाद साउदी अरबले सो निर्णयहरूलाइ सम्बन्धित निकाय तथा सरोकारवालहरू सम्म पुराइ ध्यान केन्द्रित तथा समाधानका लागि पहल गर्ने प्रतिबध्दता पनि जाहेर गरेको छ ।
तेज थापा, रियाद साउदी अरब ।

 

वि.सं.२०७३ मंसिर ६ सोमवार ०७:२५ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...