back
CTIZAN AD

अस्ट्रेलियाले हरतरहबाट ट्रम्पलाई सघाउने

वि.सं.२०७३ मंसिर ६ सोमवार

906 

shares

६ मङ्सिर,क्यानवेर्रा । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अस्ट्रेलियाले हरतरहबाट अमेरिकालाई सघाउने तयारी गरेको अस्टे«लियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले सोमबार बताउनु भएको छ ।

निवर्तमान राष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित डोनाल्ड ट्रम्पबीच राज्यशक्ति हस्तान्तरण भई नसकेको पूर्वसन्ध्यामा प्रधानमन्त्री टर्नबुलको यो अभिव्यक्ति आएको हो ।

पेरुको राजधानी लिमामा एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरुबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन जानु भएका प्रधानमन्त्री टर्नबुलले सञ्चार माध्यमलाई सम्बोधन गर्दै अमेरिका र अस्ट्रेलियाबीच कायम रहेको वर्षौँदेखिको सम्बन्धले राष्ट्रपति ट्रम्पको कार्यकालमा एक नयाँ अध्याय र नौलो आयामबाट पुनर्जिवन पाउने बताउनु भएको छ ।

अस्ट्रेलियाली जनताहरुले अपेक्षा गरेकाले प्रधानमन्त्रीको पदमा रहुन्जेल विश्वभर अमेरिकी राजनीति सफल पार्न आफ्नो सरकारले हरसम्भव प्रयत्न गर्ने तयारी गरेको पनि बताउनुभयो ।

‘राष्ट्रपति ओबामा चाहानु हुन्छ , नवनिर्वाचित राष्ट्रपति ट्रम्पले राम्रो गर्नु होस्, अमेरिकाले राम्रो गरौस् र अमेरिका सफल रहोस् भन्ने धारणाले नै नवनिर्वाचित राष्ट्रपतिलाई समर्थन दिनु भएको हुनाले हाम्री सबैले पनि ट्रम्पलाई समर्थन गर्नुपर्छ । प्रधानमन्त्री टर्नबुलले एक पत्रकार सम्मेलनमा सोमबार बताउनु भएको छ ।

‘हाम्री संयुक्त राष्ट्र अमेरिकाको राम्रो चाहान्छौ र त्यहाँको राष्ट्रपतिको. पनि राम्रो चाहान्छा’ै, त्यसकारण नवनिर्वाचित राष्ट्रपतिलाई समर्थनको लागि हरसम्भव प्रयास गर्ने छाँै ’ प्रधानमन्त्री टर्नबुलले बताउनु भएको छ । रासस ÷एएफपी

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:२२ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...