back
CTIZAN AD

रेल दुर्घटनामा मारिनेको सङ्ख्या एकसय ४२ पुग्यो

वि.सं.२०७३ मंसिर ६ सोमवार

843 

shares

६ मङ्सिर,पुख्रायान (भारत) । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४२ पुगेको छ ।

दुर्घटना भएको स्थानबाट उद्वारकर्ताले थप शव निकालेका र घाइतेमध्ये केही व्यक्तिको मृत्यु भएपछि सोमबार सो सङ्ख्या १४२ पुगेको छ ।

दुर्घटनाग्रस्त सो रेलको डिब्बा अझ पनि व्यक्ति फसेका हुनाले मृतकको सङ्ख्या अझ बढ्नसक्ने भय रहेकोे सम्बन्धित अधिकारीले जानकारी दिएका छन् ।

सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर क्षतविक्षत भएको यस दुर्घटनाबाट जीवित व्यक्तिको उद्वार गर्न सकिने कम मात्र सम्भावना रहेको बताइएको छ ।

‘मृतकको सङ्ख्या बढ्ने छ, दुर्घटनाबाट निकालिएका शव चिन्न पनि नसकिने गरी क्षतविक्षत भएको हुनाले दुर्घटनामा मारिएका व्यक्तिको परिचय पनि खुल्न गाह्रो भएको छ’ एक स्थानीय सरकारी वरिष्ठ अधिकारीले एएफपी समााचार समितिलाई बताउनुभएको छ ।

उद्धारकार्य जारी रहेको हुनाले दुर्घटनामा घाइते भएका व्यक्तिको एकिन सङ्ख्या पनि हाल प्रष्ट हुन नसकेको जिल्ला प्रहरी प्रमुख जाकी अहमदले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

दुर्घटनाग्रस्त सो रेलमा दुई हजार भन्दा बढी व्यक्तिले यात्रा गरिरेहेको विश्वास गरिएको छ । कैयाँै यात्रुले टिकटबिना नै यात्रा गरिरहेका हुनाले रेलमा सवार यात्रुको सङ्ख्य एकिन हुन सकेको छैन् ।

उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्र नजिकै ग्रामीण इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ३ः३० बजे इन्डोर पटना एक्सप्रेस नामक सो रेल दुर्घटना भएको अवस्थामा अधिकांश यात्रु निदाइरहेका थिए
दुर्घटनामा परी घाइते भएका सयाँैै व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको र उपचार भइरहेका ती व्यक्तिमा आफ्ना आफन्तसँग छुट्टिएका बालबालिकासमेत रहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रेलमन्त्री सुरेश प्रभुलाई घटनाका बारेमा नजिकबाट नियाल्न आग्रह गर्नुभएको थियो ।

सन् २०१४ मा उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा २६ व्यक्तिको मृत्यु भएको छ । गतवर्ष पनि मध्य प्रदेशमा दुईवटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:२२ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...