back
CTIZAN AD

महायज्ञमा एकैदिन २९ लाख बराबरको दान सङ्कलन

वि.सं.२०७६ साउन २१ मंगलवार

1.1K 

shares

२१ साउन, बनेपा । पनौती नगरपालिका–धनेश्वरस्थित धनेश्वर महादेव प्राथमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ को पहिलो दिनमा रु २९ लाख बराबरको दानसङ्कलन भएको छ ।

पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा जगदीश वैद्यले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २७ लाख रकम सहयोग गर्ने घोषणा गरे । उनले भने, “विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले मासु, जाँड रक्सीलगायत वस्तु सेवन गर्न छोड्नुपर्छ, उनीहरुले यति प्रतिबद्धता गरे भने यस विद्यालयलाई मावि तहसम्म सञ्चालनको लागि आवश्यक पर्ने सहयोग गर्न तयार छु ।”

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले विद्यालयको हितको लागि आफूले मासु, जाँड रक्सीलगायत वस्तु सेवन नगर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको विकासका लागि सहयोग गर्नेहरुसंग निरन्तर रुपमा सहकार्य गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा अध्यक्ष थापा, स्थानीय समाजसेवी पवन थापा, सहकुल थापा र गोविन्द थापाले जनही रु २७ हजार एक रुपैयाँ विद्यालयलाई सहयोग गरेको जनाएको छ । महायज्ञको पहिलो दिनमा नै २९ लाख रकम सङ्कलन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका थापाले बताए ।

स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञमा कथा बाचकमा कथा ब्यास राष्ट्रिय विभूषीत नारीविदूषी सुश्री अनुराधा शास्त्रिजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्मा रहेका छन् ।

विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्द जस्तै अवस्थामा पुगेको थियो । चार जना शिक्षक दरबन्दी रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि विसं २०७४ साउनबाट पूर्ण रुपमा बन्द नै भएकोमा २०७६ वैशाखबाट पुनः सञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि दुई कक्षासम्म सञ्चालन भइरहेको छ । सो विद्यालयलाई आर्थिक सहयोगका लागि महायज्ञ सञ्चालन गरेको विद्यालयले जनाएको छ ।

एक जना दरबन्दी र तीन जना निजी स्रोतमा गरी चार जना शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको सो विद्यालयमा अहिले ४३ जना विद्यार्थी अध्ययनरत छन् (रासस)

वि.सं.२०७६ साउन २१ मंगलवार १३:५३ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...