back
CTIZAN AD

शिक्षक लाईसेन्स : विज्ञान विषयका लागि उपयोगी विषयगत नमुना प्रश्नमाला

वि.सं.२०७६ साउन २३ बिहीवार

1.2K 

shares

२३ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत, नमुना पश्नहरुको संगालो र परीक्षाका लागि विभिन्न टिप्सहरु ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ ।

द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र ‘ पेसागत ज्ञान ’बाट सबै विषयका समान प्रश्न रहेनछन् । विषयगत प्रश्नको रुपमा ६० अङ्कको प्रश्न सोधिनेछन् त्यसैले पनि विषयगत प्रश्नको तयारीमा पनि विशेष ध्यान दिनुपने हुनछ आज हामीले निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने विषयगत प्रश्नसंगालो लिएर आएका छौं र अर्काे दिन वस्तुगत प्रश्नोत्तरको साथमा आउनेछौं ।

अब लागौँ निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने विषयगत नमुनाप्रश्नतर्फ


विषय : विज्ञान
तह : निम्न माध्यामिक

पूर्णाङ्क : ६०
समय: २ घण्टा २० मिनेट

( पहिलो पत्र )

प्रश्न नं. प्रश्नपत्र भनेको के हो ? पद विश्लेषणका चरणहरु उल्लेख गर्नुहोस् । १+४ = ५

प्रश्न नं २. प्रदर्शन विधि भनेको के हो ? विज्ञान शिक्षणलाई प्रभावकारी बनाउने क्रममा प्रर्दशन विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुनुपर्ला ? १ +४= ५

प्रश्न नं. ३. पाठ्यक्रम भनेको के हो ? शिक्षण सिकाइमा पाठ्यत्रलमको किन प्रयोग गर्नुपर्छ ?१+४ = ५

प्रश्न नं ४. वार्षिक शैक्षणिक योजनाको प्रयोग के कामका लागि गरिन्छ ? वार्षिक शैक्षणिक योजनाको ढाँचा तयार पार्नुहोस् । ३+२ = ५

प्रश्न नं ५. विज्ञान क्लब भनेको के हो ? विज्ञान क्लबको ४ उद्धेश्यहरुको उल्लेख गरी विज्ञान क्लबले गर्न सक्ने ४ ओटा क्रियाकलापहरु लेख्नुहोस् । १+४ = ५

( द्वितीय पत्र )

प्रश्न नं १. सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया उल्ल्ेख गर्दै उक्त समितिले गर्ने कुनै ५ ओटा कार्यहरुको सूची तयार गर्नुहोस् । ५

प्रश्न नं २. बालविकासको परिचय दिनुभई यसका विशेषता संक्षेपमा उल्लेख गर्नुहोस् । ५

प्रश्न नं ३. सिकाइ भन्नाले के बुझ्नुहुन्छ ? विभिन्न मनोवैज्ञानिक तथा विद्धानहरुले दिएका कुनै चारओटा सिकाइका परिभाषहरु उल्लेख गर्नुहोस् । ५

प्रश्न नं ४. विद्यालयमा सिकाइ वातावरण निर्माणका लागि के कस्ता कार्यहरु गर्नुपर्ला ? तपाईको आफ्नो अनुभवका आधारमा लेख्नुहोस् । ५

प्रश्न नं ५. सञ्चार र सहकार्यको अर्थ स्पष्ट पार्दै शिक्षक सक्षमता प्रारुप, २०७२ अनुसार प्रभावकारी शिक्षणका लागि एउटा शिक्षकमा के कस्ता सञ्चार तथा सहकार्यसम्बन्धी सक्षमताहरु हुनुपर्ने व्यवस्था गरिएको छ ? उल्लेख गर्नुहोस् । ५

प्रश्न नं ६. शिक्षकको पेशागत विकास भनेको के हो ? शिक्षकको पेशागत विकासको सन्दर्भमा निरन्तर सिकाइको अवधारणागत आवश्यकतालाई स्पष्ट पार्नुहोस् । ५

प्रश्न नं ७. नेपाल अधिराज्यको संविधान, २०४७, नेपालको अन्तरिम संविधान, २०६३ तथा नेपालको संविधान, २०७२ मा रहेका मौलिक हकअन्तर्गत भएका शिक्षासम्बन्धी व्यवस्थाहरु उल्लेख गर्नुहोस् । ५

वि.सं.२०७६ साउन २३ बिहीवार ०९:४६ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...