back
CTIZAN AD

शैलजालाई बिर्सने, शुष्मालाई चाकडि गर्ने ?

वि.सं.२०७६ साउन २४ शुक्रवार

1.1K 

shares

शैलजा आचार्य, क्रान्तिकारी महिला नेतृ, मर्ने बेलासम्म पनि कांग्रेस । जीवनभर त्याग, निष्ठा, समपर्ण र राजनैतिक सभ्यताकी अभियन्ता । नेपाली कांग्रेस निर्माण अभियानकी कुशल कालीगढ पनि ।

विपी कोइरालाकी प्रिय, आत्मीय र विश्वासीलो सहयोगी । जीवनभर कांग्रेसका लागि गरेको संघर्ष भन्दा बढी मृत्युसँग उनले ठूलो संघर्ष गर्नुपर्यो । पछिल्ला दिनमा अपमान, पीडा र यातनाको चर्को भेद व्यर्होनु पर्यो । २९ जेठ २०६६ सालमा उनी मृत्यु शैथ्यामा संघर्ष गर्ने क्रममै धर्ति छोडेर गइन् ।

उनी कांग्रेसको मात्र नेतृ थिइनन् । तर, कांग्रेस हुनुको नाताले कांग्रेसीजनबाट उनीप्रतिको श्रद्धासुमन र अगाधता जुन हैसियतमा हुनुपर्दथ्यो त्यो भएन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको बेडमा मृत्युसँगको तीब्र संघर्षका बेला उनीसँग भेट भएको यो पंक्तिकारले उनीप्रतिको कांग्रेसी व्यवहार बारे सार्वजनिक रुपमै टिप्पणी समेत गरेको पनि हो ।
तर, आज उनको फेरि याद आयो ।

भारतीय नेतृ तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको दुःखद निधनप्रति संसारभरीबाट प्रतिक्रिया आए । त्यो स्वभाविकै छ । भारतभरी उनका चाहाने वालाहरुले शोक मनाएको खबर आयो, त्यो पनि श्वभाविकै छ । नेपालका तर्फबाट निकटतम छिमेकी देशको प्रभावशाली नेतृको निधनमा वक्तव्य जारी हुनु त्यो पनि स्वभाविक नै हो । पार्टीका नेता र व्यक्तिगत रुपमा परिचित विदेशीमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुले शोक समवेदना व्यक्त गर्नु तथा श्रद्धान्जलि संप्रेषण गर्नु त्यो पनि कुटनैतिक शिष्टाचार नै हो । विभिन्न कारणले व्यक्तिगत सम्बन्धमा रहेका नेपालीहरुलाई मन मुटु र आत्माबाट उनको निधनले पिरोल्नु त्यो पनि स्वभाविक नै छ । तर, श्रद्धान्जलि र समवेदनाको यतिधेरै बाढी पैदा भयो कि, त्यसले हाम्रो आफ्नो मौलिकतालाई चर्लाम चुर्लुम ढाकेर गर्लाम गुर्लुम पारेजस्तो भयो ।

उनले भारतीय राजनीतिमा पुर्याएको प्रभाव आफ्ना ठाउँमा विशिष्ट होला नै, अनि उनको कुटनैतिक अनुहार र व्यवहार आकर्षक र प्रभावकारी पनि होला नै । तर, नेपालप्रतिको हेराई र व्यवहारमा उनको बोली, आँखा र मिठो प्रस्तुति मानवतासँग जोडिएन, त्यो भूकम्पका बेला गरिएकोनाकाबन्दीले नै प्रष्ट हुन्छ । कसैले यसलाई सकारात्मक रुपमा लिएको पनि पाइन्छ । भारतले नाकाबन्दी नलगाएको भए उत्पादन र आत्मनिर्भरताको प्रश्न यति महत्वको विषय नबन्ने र ज्वलन्त हुन नसक्ने टिप्पणी पनि भइरहेका छन् । भारतीय स्वार्थलाई संप्रेषण गर्न माहिर कलाकी धनी उनको जय-जयकार भारतमा हुनु स्वभाविकै हो । तर, नेपालमा हामीले अचाक्लि नै गर्यौ ।

भर्खरै अखिल र नेविसंघको सदस्यता लिएर राजनीतिमा आकर्षित भाइ–बहिनीदेखि लिएर वडा, गाउँ, जिल्ला र प्रदेश तहका राजनीतिकर्मीले समेत ‘शुष्मा स्वराजजी नेपालकी असल मित्र’ भनेर धुमधाम वक्यौं । फेसबुक र सामाजिक संजालमा शुष्माका बारेमा आएका स्तुति र महिमा हेर्दा उनी ‘नेपाल माता’ नै भएकी पो रहेछन की भन्ने छनक आउने गरी भजन पनि गायौं । छिमेक ‘भारत’ की महिला नेतृको अचानकको मृत्युमा मुलुकका तर्फबाट दिइने औपचारिक सम्बन्धका आधारमा दिने सम्मानको बारलाई यसपाली हामीले भत्कायौं । नेपाल र नेपालीले उनीप्रति कति सम्मान गर्नुपर्दछ यसमा मतभेद होलान् तर श्रद्धान्जलि र समवेदना दिने नाउँमा हाम्रा तर्फबाट बढि भावुकता प्रकट भएको बेला भारतीय शाषकहरु हाम्रो यो भावनात्मक संप्रेषणको मूल्यांकन राम्रै गरुन् भन्ने कामना छ मेरो पनि ।

तर, विषय गम्भीर छ । हामी कति शक्तिमुखी अनि स्वार्थी र परिनिर्भर भएका छौं भन्ने हिसाब यसबाट पनि देखिन्छ । प्रजातान्त्रिक आन्दोलनमा हाम्रै नेतृ शैलजा आचार्यले पुर्याएको योगदान बराबर शुष्मा स्वराजको हिसाब निकै तल छ । नेपालकै छोरी शैलजाको निधन हुँदा सहानुभुति, समवेदना र श्रद्धान्जलि व्यक्त गर्न दहकस मान्ने हामीहरुले शुष्मा स्वराजलाई कति धेरै सम्झन सक्यौं ? आफूसँगको हिरा नचिनेर अरुको ‘चाँदी टल्काइ’ मा गरिएको हुटहुटिबारे हामीले अब त समिक्षा गर्नुपर्दैन र ? भावनामा बहकिँदा भोली त्यसले राष्ट्रिय रुपमा कस्तो असर पार्छ भनेर प्रत्येक नेपाली नागरिकले सोच्नै पर्छ भन्ने लाग्दछ । किन कि, प्रत्येक नेपाली नागरिकले आफू सिंगो राष्ट्र हौ भन्ने बुझ्न जरुरी हुन्छ । त्यसकारण पनि शैलजालाई विर्सने, शुष्मालाई चाकडी गर्ने ? यो त अलि हजम भएन कि ?

वि.सं.२०७६ साउन २४ शुक्रवार १९:१७ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...