back
CTIZAN AD

कविता : एउटा नलेखिएको कविता

वि.सं.२०७६ साउन २५ शनिवार

843 

shares

यौटा उत्तम भावयुक्त कविता लेखूँ म सोच्तै थिएँ
उम्दा शीर्षक छान्न खूब मनमा घोत्लीरहेको थिएँ
लेखेरै अब छोड्छु एक कविता सङ्कल्प जस्तै गरें
तिम्रो रूप झलक्क भो मनमहाँ त्यै रूपमा अल्झिएँ ।

सम्झें त्यै अनुहार मात्र भरिलो,अत्यन्त राम्रो थियो
दाँजे अन्य अनेक आकृतिसँगै बेजोड झन् देखियो
हाँस्ता ओठ र दाँतको मिलनको मुस्कान मीठो थियो
के विस्तार गरूँ र सारभरिमा त्यै रूप उम्दा थियो ।

तिम्रै आकृतिको रचेर कविता सन्तुष्ट होऊँ कि म !
तिम्रै स्नेह फिटेर भाव सबमा मीठो बनाऊँ कि म !
झट्टै सामु पुगेर आकुल हुँदै हालूँ आँगालो कि म !
वर्षाई मधुवाक्य प्रीतिरसको पोखूँ सँगालो कि म ।

बत्तीमा पुतली भई म सहजै पस्तो तिमीमा भएँ
तिम्रा मादक चालढाल भरिमै एकत्व भै लाटिएँ
तिम्रै यादशिवाय चिन्तन कुनै आउन्न धेरैजसो
त्यो प्यारो छवि रिक्त यो मनभरी स्थायी भएरै बस्यो ।

तिम्रै नै स्मृतिमा भुलेर कविता आउन्न के लेख्नु र ?
छातीभित्र छ प्रीतिभाव अति नै देखिन्न जो बाहिर
‘माया लाग्दछ है’ भनेर जहिल्यै यौटै कुरा भन्नू के ?
विश्वासै छ भने गरेर रटना झन् साँचिलो बन्नु के ?

वत्से ! याद नआइद्यौ न यसरी मेरा गुमे भावना
मेरो सिर्जनशक्ति अल्मल भयो भागे सबै कल्पना
फोस्रो बन्दछ सारहीन कविता गाम्भीर्यले शून्य भै
सारा भावमुहानमा ढलिमली तिम्रै हुनाले सधैं ।

मेरो उत्तम काव्यसोच यसरी हल्का र निस्तेज भो
तिमै आकृतिमा भुलेर अघिको फूर्ती पराधीन भो
लेखूँ के र म लेखनी अब यसै थन्क्याउने छाँट भो
जे जे भो तर लेखिएन कविता लौ आज यस्तै भयो !

शार्दूलविक्रीडित छन्द कविता

फाकफोकथुम ,इलाम

वि.सं.२०७६ साउन २५ शनिवार ०८:४३ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...