back
CTIZAN AD

लघुकथा : घर भित्रको कुरा

वि.सं.२०७६ साउन २५ शनिवार

738 

shares

पुस्तैनी शिरिखुरी सकेर अनि सहयोगी मनको हैँसेले ब्लडमनि तिरेर परदेशको जेलबाट मुक्तभई घर फर्केको महिना दिन पनि नबित्दै बुबाको देहावसान भयो ।

बनलाने बेला, काइलाकाका भन्नू हुन्छ ’क्रीस्चियन रीतले अन्त्येष्टि गरौँ ।’
साइला बुरुक्क उफ्रियो ’वुद्ध धर्मानुरुपले शरीरको अंग काटेर गिद्ध र चीललाई ख्वाएर पुण्य कमाउन पर्छ । दाइ वुद्ध धर्मतिर जाने मनसाय बनाई सक्नु भएको थियो ।’
माइला चर्कियो’ अहँ ! हुदैन, प्राकृतिक धर्म अनुरुप चिहान बानाएर राख्नु पर्छ । हामी बस्तु चराउन जाँदा पनि दाइलाई नमन गर्न पाइन्छ । कुनै रुखले उहाँको नश्वर जीवनबाट नुतन शक्ति पाउने छ्न् ।’
कान्छा चिच्यायो ‘पक्का हिन्दुधर्मअनुरुपम चिता जल्न पर्छ । शङ्ख फुक्नु पर्छ । दाइले गीतापुजेर पुसे धुनी बसिसक्नु भा’थ्यो । रुद्राक्ष र चन्दन घोट्ने सिलौटो अझै होलान् ।’

छोरीले परदेशबाट ल्याएको जुवाई समेतले अशुद्ध नेपाली बोल्दै भन्यो ‘होइन बुबाको काजकिरिया इस्लाम धर्मले गरौंँ । अल्ला मान्ने कुरा उहाँ भित्र थियो ।’

परदेशबाट आको छोरो चुपचाप छ । विबादले छक्काल टर्दै थियो । सिकुवामा अलपत्र थियो बुबाको लास । गाउँले भने मुस्मुस हांँस्दै भन्दै थिए, ‘घर भित्रको कुरो ।’

ठेगाना त्रि.न.पा-११, संगमटोल, उदयपुर

वि.सं.२०७६ साउन २५ शनिवार ०८:४५ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...