back
CTIZAN AD

कविता : शहरको सभाकक्ष

वि.सं.२०७६ साउन २५ शनिवार

912 

shares

शहरको एउटा चोक,
एउटा कक्षमा
कविहरु जम्मा भएछन्
कविता सुन्न र सुनाउन
त्यहि चोकको
अर्को कक्षमा
नेता भन्नेहरु जम्मा भएछन्
भाषण छाँटेर, जनता सुताउन
देश बेचेर, सिंहदरबार बचाउन
अचम्म लाग्न थालेको छ,
कस्ता–कस्ता भैँसीहरु छन् यहाँ
आजभोलि त मात्र पालिन्छन् मःम बनाउन
मेरो देशमा, जनताले नेता पाले जस्तै ।

भन्दै थिए कविहरु, आफ्ना सिर्जनामा
दोधारे, दोमुखे र पाखण्डीहरुको
जगजगी फैलिएको छ यहाँ
ज्युँउदै मलामी बनेकाहरु,
पिछा लागेका छन् त्यहि पाखण्डीको यहाँ ।
सत्यको सेतो ढोकामा
दाग लागेको छ त्यहाँ
डराएर झुम्मिन्छन् उज्यालोमा पुतली,
रातको अध्यारोमा
जसरी स्वार्थले झुम्मिएका छन् कलुषित मानिस यहाँ ।

त्यसैले त, ऊ वरिष्ठ कवि भएको छ यहाँ
देश बेचेर, सिंहदरबार जोगाउने
सम्माननिय नेता भएको छ यहाँ
विडम्बना !
अरुको पुच्छरमा आगो सल्काएर
न्यानो तापिन्छ यहाँ ।
इज्जत भएकाहरुलाई पो,
इज्जत जाने डर हुन्छ
इमान बेचेर सडेकाहरुलाई,
देश बेच्न पनि के–को डर यहाँ ?
सबै आफ्ना ठेक्का,
भनेर बसेका लठ्ठकहरुलाई
आफ्नो धोती खुस्केको के थाहा यहाँ !
यसैगरी,
कविहरु चिच्चाई रहेकाथिए, विकृतिको बारेमा
नेताहरुको भेला सक्किदै थियो
पानीको मुहान बेचेर,
पानी कम्पनी प्रवद्र्धन गर्ने सम्झौता गरेर
आ–आफ्ना सम्मेलन सकिदै थिए
कसैले याद गरेनछ,
साहित्यकारहरु अराजक बन्दै गए
होसियार!!! भनी लेखिएको व्यानर थियो
त्यहि चोकमा ।

[email protected]

Mobile no.-9851059950

Ghattekulo-29,Kathmandu

वि.सं.२०७६ साउन २५ शनिवार ०९:२० मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...