back
CTIZAN AD

राप्रपा र राप्रपा नेपाल एकीकृत, हिन्दूत्व कायमै

वि.सं.२०७३ मंसिर ७ मंगलवार

873 

shares

७ मंसिर, काठमाडौँ । मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरूका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज औपचारिक एकीकरण भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र पार्टी एकतासम्बन्धी सम्झौतापत्रमा आजै हस्ताक्षर गर्नुभएको थियो । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने झन्डामा गाई चिह्न अङ्कित छ । पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी पशुपति शम्शेर राणालाई दिइएको छ भने पार्टीको अध्यक्षमा कमल थापा हुनुुहुन्छ ।

मुलुकमा प्रजातन्त्रको पुनर्बहालीपछि २०४७ साल जेठ १५ गते गठन भएको राप्रपा(थापा) र राप्रपा(चन्द) पार्टी पटक पटक विभाजित र एकीकृत भई २०६२ सालमा भने राप्रपाबाट पुनः विभाजन भई राप्रपा नेपालको जन्म भएको थियो । व्यवस्थापिका–संसद्मा अब राप्रपाबाट ३७ जना सांसदले प्रतिनिधित्व गर्नेछन् । संवैधानिक राजतन्त्र अवधारणा बोकेको राप्रपा नेपाल र गणतन्त्रलाई आत्मसात् गरेको राप्रपाले यी दुई दृष्टिकोणमध्ये कसलाई अघि बढाउने भन्ने विषयलाई महाधिवेशनबाट टुङ्ग्याउने छ ।

पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले दुई पार्टीको एकताले मुलुकको राजनीतिमा बलियो राष्ट्रवादी शक्तिको उदय भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको राष्ट्रिय राजनीतिमा वैकल्पिक मार्गचित्र र धारका रुपमा राप्रपा रहनेछ । जनताले भरोसा गरेका अनुभवी र साहसिक नेताले कुशल नेतृत्व प्रदान गर्नेछन् ।

हिन्दूत्व कायमै
राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्वको धरातलमा समृद्ध नेपाल निर्माण गर्न आधारस्तम्भ बोकेको राप्रपाले राष्ट्रियतालाई सर्वाेपरि साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार तथा हिन्दूत्वलाई सांस्कृतिक र सामाजिक मूल्यमान्यता अनुरुप अघि बढाउने छ – राप्रपा संसदीय दलका नेता थापाले भन्नुभयो ।

राप्रपाको एकीकरणले राजनीतिमा नयाँ अध्याय र पार्टीमा नयाँ रक्तसञ्चार भएको बताउँदै उहाँले भन्नुभयो, “हामीलाई धेरैले बारम्बार हेपेका र उपेक्षा गरेको हुँदा एक पटक पार्टीलाई जुरुक्क उठाउनुपर्ने काममा लाग्न आवश्यक छ, त्यसका लागि नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिन्छु ।”

पार्टीका राष्ट्रिय अध्यक्ष राणाले बिग्रँदो राजनीति, खस्कँदो आर्थिक स्थिति, भूकम्पबाट बिचल्लीमा परेका जनताको चाहनाले पार्टी एकतालाई मलजल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “९५ प्रतिशत हिन्दू बसोबास गर्ने मुलुकको नयाँ संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनुपर्छ, हिन्दूधर्म कायम गर्ने कि नगर्ने भन्नेबारे जनमतबाट छिनोफानो हुनुपर्छ, जनमत नगर्ने हो भने राप्रपाले त्यसका लागि हुने आन्दोलनको नेतृत्व गर्नेछ ।”

पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पार्टीको महाधिवेशनलाई आगामी निर्वाचनका लागि आधार तयार गर्ने काममा पनि उपयोग गर्न सक्नुपर्छ भन्नुभयो । वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादको दृष्टिकोण बोकेको राप्रपाले नेपाल र नेपालीको पहिचान दिने पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै धर्मनिरपेक्षताका नाममा हिन्दू र बौद्ध धर्म तथा सभ्यतालाई ध्वस्त बनाउने षड्यन्त्रलाई रोक्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अर्का वरिष्ठ नेता विश्वबन्धु थापाले प्रजातन्त्र भनेको अरुको सम्मान हो भन्ने पक्षलाई बुझेर नाम मात्र मिलेर हँुदैन काम र मन मिल्नुपर्छ भन्ने भावना सबै नेता तथा कार्यकर्तामा देखियोस् भन्नुभयो । सो अवसरमा नेता बुद्धिमान तामाङ, राजीव पराजुली, दीपक बोहरा, मोहन यादव, कुन्तीकुमारी शाही, धवलशम्शेर राणालगायतले नेताको बुद्धिमता, जनताको चाहना र कार्यकर्ताको दबाबमा पार्टी एकतालाई सम्भव बनाएको धारणा राख्नुभयो ।

नेता तथा कार्यकर्ताको खचाखच उपस्थितिका कारण प्रज्ञा भवनको परिसरमा एकता घोषणाको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो । सो अवसरमा पार्टी नेत्री मीरा राणाले राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०४:५९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...