back

 एकता पछि निर्वाचन आयोगमा  दर्ता भयो राप्रपा

वि.सं.२०७३ मंसिर ७ मंगलवार

282 

shares
NTC AD
Global IME AD

७ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक राजनीतिक दलको मान्यता प्राप्त गर्न निवेदन दर्ता गरिएको छ ।

        पुनःगठित राप्रपाका अध्यक्ष र संसदीय दलका नेतामा कमल थापा रहनुभएको छ । पार्टीको ऐतिहासिक एकता घोषणालगत्तै निर्वाचन आयोगमा राप्रपालाई राजनीतिक दलका रुपमा मान्यताका लागि निवेदन गरिएको नेता किरण गिरीले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधानानुसार एकीकृत राप्रपाका राष्ट्रिय अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता गरी ३०० सदस्यीय कार्यसमिति रहेको प्रावधान छ ।

        एकीकृत राप्रपाको एकता महाधिवेशन आगामी माघ महिनासम्म गर्ने सहमति नेताहरूबीच भएको बताइएको छ । यसअघि राप्रपाका तीन शीर्ष नेता पशुपतिशम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा प्रकाशचन्द्र लोहनीले चक्रीय प्रणालीका आधारमा अध्यक्षको जिम्मेवारी बोक्ने भद्र सहमतिअनुरुप आगामी माघ ११ पछि पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी भने महाधिवेशन नहुन्जेलसम्मका लागि डा लोहनीले सम्हाल्नुहुनेछ । हाल पार्टीको राष्ट्रिय अध्यक्ष राणा हुनुहुन्छ ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा...

प्रधानमन्त्रीद्वारा स्वीच थिचेर नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

प्रधानमन्त्रीद्वारा स्वीच थिचेर नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौँ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको...

राप्रपाको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

राप्रपाको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीं (राप्रपा) बर्दियाका नगर कार्यसमितिका अध्यक्ष...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा फर्किए

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा फर्किए

काठमाडौँ । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय...