back
CTIZAN AD

 एकता पछि निर्वाचन आयोगमा  दर्ता भयो राप्रपा

वि.सं.२०७३ मंसिर ७ मंगलवार

984 

shares

७ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक राजनीतिक दलको मान्यता प्राप्त गर्न निवेदन दर्ता गरिएको छ ।

        पुनःगठित राप्रपाका अध्यक्ष र संसदीय दलका नेतामा कमल थापा रहनुभएको छ । पार्टीको ऐतिहासिक एकता घोषणालगत्तै निर्वाचन आयोगमा राप्रपालाई राजनीतिक दलका रुपमा मान्यताका लागि निवेदन गरिएको नेता किरण गिरीले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधानानुसार एकीकृत राप्रपाका राष्ट्रिय अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता गरी ३०० सदस्यीय कार्यसमिति रहेको प्रावधान छ ।

        एकीकृत राप्रपाको एकता महाधिवेशन आगामी माघ महिनासम्म गर्ने सहमति नेताहरूबीच भएको बताइएको छ । यसअघि राप्रपाका तीन शीर्ष नेता पशुपतिशम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा प्रकाशचन्द्र लोहनीले चक्रीय प्रणालीका आधारमा अध्यक्षको जिम्मेवारी बोक्ने भद्र सहमतिअनुरुप आगामी माघ ११ पछि पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी भने महाधिवेशन नहुन्जेलसम्मका लागि डा लोहनीले सम्हाल्नुहुनेछ । हाल पार्टीको राष्ट्रिय अध्यक्ष राणा हुनुहुन्छ ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:०१ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...