back
CTIZAN AD

धानको समर्थन मूल्य तोक्न सरकारको ध्यानाकर्षण

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1K 

shares

७ मंसिर, काठमाडौँ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले धान काट्ने मुख्य समयमा नै धानको समर्थन मूल्य तोकेर किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको सोमबारको बैठकले धान काटिसकेपछि मूल्य निर्धारण गर्ने विषय व्यावहारिक नभएको र त्यसले किसानलाई कुनै पनि फाइदा नगर्ने भएकाले तत्काल मूल्य निर्धारण गर्न, त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र स्थानीयस्तरमा यससम्बन्धी जनचेतना जगाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

समितिले भनेको छ, “किसानले उत्पादन गरेको धानको मूल्य उनीहरूले गरेको लगानीका आधारमा हुनुपर्दछ । हाल तोकिएको मूल्यसमेत व्यावहारिक नदेखिएकाले आगामी वर्षदेखि बाली कटानु अगावै निश्चित समय तोकी धानको मूल्य निर्धारण गर्ने व्यवस्था गर्न र उखुको समर्थन मूल्य यथाशीघ्र समयमै निर्धारण गर्न कृषि विकास मन्त्रालयलाई निर्देशन गरिन्छ ।”

यस्तै समितिले गहुँ बाली लगाउने समय आएकाले त्यसका लागि आवशयक मल तथा गहुँको स्वस्थ्य बीउ आवश्यकताअनुसार मुलुकभर नै समयमै उपलब्ध गराउने व्यवस्था गर्न कृषि मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति मोहन बरालले जानकारी दिनुभयो ।

समितिको बैठकमा सांसदहरूले किसानले धान काटी सकेपछि मात्रै समर्थन मूल्य तोकिने गरेकाले यसबाट किसानले फाइदा लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:०३ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...