back
CTIZAN AD

सांसद तलब–भत्ता वृद्धिविरुद्ध विद्यार्थी आन्दोलन

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.1K 

shares

७ मङ्सिर,काठमाडौँ। सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।

अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको जानकारी दिइयो ।
बैठकको निर्णयअनुसार बुधबार दिउँसा ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ । त्यस्तै सरकारले गरेको निर्णय फिर्ता गराउने उद्देश्यअनुरुपको ज्ञापनपत्र सभामुखलाई बुझाउने कार्यक्रम छ । हाल सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा रहनुभएकाले उहाँ आएपछि मात्र ज्ञापनपत्र बुझाइने बताइएको छ ।
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले देशमा अनगिन्ती समस्याका बीच सांसदहरुको तलब बढाएर सरकारले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो काम गरेको’ बताउनुभयो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले यो निर्णयमा पुनःविचार नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभयो ।
त्यसैगरी, अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुविधा आफैंले बढाउनु नैतिकताहीन काम भएको टिप्पणी गर्नुभयो ।
‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको थियो । योसँगै हरेक सांसदले गत साउन महिनादेखि लागू हुने गरी मासिक रु एक लाख भन्दा बढी तलब भत्ता बुझ्नेछन् । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार ११:१५ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...