back
CTIZAN AD

द्विपक्षीय सम्बन्ध विस्तारको लक्ष्यका साथ परराष्ट्रमन्त्री अष्ट्रेलिया जाँदै

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.1K 

shares

७ मङ्सिर,काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महत अष्ट्रेलियासँगको सम्बन्धलाई अझ सुदृढ, सुमधुर र समुन्नत तुल्याउने लक्ष्यका साथ आज साँझ अष्ट्रेलियाको पाँचदिने भ्रमणमा जानुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका आज अपराह्न पत्रकारसम्मेलन गरेर उहाँले भन्नुभयो, “मुलुकको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अष्ट्रेलियासँग द्विपक्षीय एवम् बहुपक्षीय वार्ताका लागि मेरो भ्रमण हुन लागेको हो ।”
मुलुकको परराष्ट्र सम्बन्धलाई अझ बृहत्तर, सुदृढ र राष्ट्रमुखी तुल्याउन सरकार क्रियाशील रहेको र त्यसैलाई निरन्तरता दिने सन्दर्भमा आफू अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जान लागेको उहाँले बताउनुभयो ।
अष्ट्रेलियामा रहँदा आफूले आफ्ना समकक्षी जुली विसप, अन्तर्राष्ट्रिय विकास सहायता, पूर्वाधार, यातायात तथा क्षेत्रीय विकास, जलवायु परिवर्तन तथा ऊर्जा, सूचना तथा सञ्चार, राष्ट्रिय सुरक्षामन्त्री, आप्रवास तथा सीमा सुरक्षामन्त्री, विपक्षी दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी मन्त्री महतले दिनुभयो ।
“अष्ट्रेलियाका सबै उच्चअधिकारीहरूसँगको भेटमा प्रत्यक्ष वैदेशिक लगानी, सहयोगका क्षेत्र विस्तार र सहायताका थप क्षेत्र र अवसरको खोजीका साथै नेपालमा लगानीको वातावरणबारे विशद् विचारविमर्श हुनेछ,” द्विपक्षीय वार्ताको कार्यसूची सुनाउँदै उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका धेरै विषयमा नेपाल र अष्ट्रेलियाबीच साझा एवम् समान अवधारणा रहेकाले ती मामिलासहित नेपालमा अधिक सहायता जुटाउने बारेमा पनि वार्ता केन्द्रित रहने मन्त्री महतले बताउनुभयो ।
आगामी शनिबार सिड्नीमा आयोजना हुने नेपाल महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी हुने तथा नेपाली समुदायसँग उनीहरूले मातृभूमिको विकासका निम्ति गर्न सक्ने योगदानबारे पनि छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।
भूकम्पपछिको पुनःनिर्माण, वन, ग्रामीण भेगका जनताको जीविकोपार्जनलगायत नेपालको सामाजिक–आर्थिक उन्नयनमा सहयोग पुग्ने विविध परियोजनामा अष्ट्रेलियाले निरन्तर सहयोग गर्दै आएको सन्दर्भमा भविष्यमा अझ धेरै सहायता जुटाउने र पारस्परिक सहकार्य अभिवृद्धिबारे पनि आफूले अष्ट्रेलियाली सरकारसँग वार्ता गर्ने मन्त्री महतले बताउनुभयो ।
अष्ट्रेलियासँगका थप सहायता क्षेत्र विस्तारबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “अष्टे«लियाले नेपालमा स्वयम्सेवक परिचालन गर्न प्रस्ताव गरेको र समझदारीपत्रको मस्यौदासमेत पठाएको छ”
अष्ट्रेलियाको भ्रमण पूरा गरी न्युजिल्यान्ड प्रस्थान गर्ने आफ्नो कार्यक्रमबारे जानकारी दिँदै उहाँले हालैको भूकम्पका कारण अझै जोखिम रहेको र त्यसको मूल्याङ्न जारी रहेकाले त्यहाँ हुने भेटवार्ताबारे भने स्पष्ट कार्यतालिका निर्धारण भइनसकेको बताउनुभयो ।
एक प्रश्नको जवाफमा उहाँले अष्ट्रेलियालगायत राजदूत नियुक्त गर्न बाँकी रहेका देशमा चाँडै नै नियुक्ति गरिने बताउनुभयो । साथै उहाँले चीनसँगको यातायात तथा पारवहन सन्धिबारे हालै ल्हासामा प्रारम्भिक वार्ता भएको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार ११:१६ मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...