back
CTIZAN AD

माछा महोत्सव हुँदै

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1K 

shares

७ मङ्सिर,काठमाडौँ । विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ ।

नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र विदेशी जातमा कमन, सिल्भर, बिगहेड, र ग्रासकार्प जातका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार उपभोक्तालाई खुवाइने बताउनुभयो ।

‘स्वदेशी माछा खाऔंँ, स्वस्थ्य रहौँं’ अभियानकासाथ भृकुटीमण्डपमा आयोजना हुने सो महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ४० वटा कक्ष रहने छन् । महोत्सवको कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले माछा खाएर शुभारम्भ गर्नुहुने भएको छ ।

सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा माछा नखानेलाई रु १०० र परिकारको स्वाद लिनेलाई रु २५० प्रवेश शुल्क तोकिएको जानकारी दिनुभयो । महोत्सवमा सहभागी प्रतिस्पर्धी मध्ये प्रथम, द्धितीय, तृतीय र सान्तवनालाई क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त महोत्सव मङ्सिर १३ गतेसम्म चल्नेछ । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार ११:१८ मा प्रकाशित

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...