back

माछा महोत्सव हुँदै

वि.सं.२०७३ मंसिर ७ मंगलवार

636 

shares
GLOBAL IME AD
NTC AD

७ मङ्सिर,काठमाडौँ । विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ ।

नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र विदेशी जातमा कमन, सिल्भर, बिगहेड, र ग्रासकार्प जातका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार उपभोक्तालाई खुवाइने बताउनुभयो ।

‘स्वदेशी माछा खाऔंँ, स्वस्थ्य रहौँं’ अभियानकासाथ भृकुटीमण्डपमा आयोजना हुने सो महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ४० वटा कक्ष रहने छन् । महोत्सवको कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले माछा खाएर शुभारम्भ गर्नुहुने भएको छ ।

सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा माछा नखानेलाई रु १०० र परिकारको स्वाद लिनेलाई रु २५० प्रवेश शुल्क तोकिएको जानकारी दिनुभयो । महोत्सवमा सहभागी प्रतिस्पर्धी मध्ये प्रथम, द्धितीय, तृतीय र सान्तवनालाई क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त महोत्सव मङ्सिर १३ गतेसम्म चल्नेछ । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार ११:१८ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...