back
CTIZAN AD

अध्यक्ष थापाद्वारा पदवहाली, ७५ जिल्लामा आमसभा गर्ने निर्णय

वि.सं.२०७३ मंसिर ७ मंगलवार

765 

shares

kamalthapa1

७ मङ्सिर, काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदवहाली गर्नुभएको छ ।

राप्रपा नेपाल राप्रपामा सोमबार एकीकृत भएपछि उहाँले कार्यकारी अध्यक्षका रुपमा आज पदवहाली गर्नुभएको हो ।

यसैबीच एकीकरणपछि पार्टीको पहिलोपटक आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकताको सन्देश दिन केन्द्रीय नेताको सहभागितामा देशका ७५ जिल्लामा आमसभा गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष थापाको सभापतित्वमा चाबहिलमा बसेको सो बैठकले पार्टी एकता भएपछि एकताको आधार र निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्थ्यो । यसैगरी पार्टी राप्रपासँग एकीकरणपछि पहिलोपटक बुधबार (भोलि) काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ ।

पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ३०० जनाको सहभागितामा बस्ने केन्द्रीय समितिको बैठकमा आज गरिएका निर्णय पारित गर्न प्रस्तुत गरिनेछ ।

त्यसैगरी मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा राष्ट्रिय राजनीतिको विकासमा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने नेता श्रेष्ठले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार १३:४० मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...