Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

साफ च्याम्यिनसिपका लागि महिला खेलाडी छनोट



७ मङ्सिर, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडीे छनोट गरेका छन ।

प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले ७२ जना खेलाडीबाट पहिलो चरणमा ४२ खेलाडी छनोट गरिएको एन्फाद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणमा छनोट भएका ४२ खेलाडीमध्ये ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ ।

आगामी डिसेम्बर २६ तारिखदेखि हुने उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । त्यस्तै नेपालकै समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । पाकिस्तानमा भएको तेस्रो चरणको साफ च्याम्पियनसीपमा नेपाल उपबिजेता बनेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि