back
CTIZAN AD

प्रमद्वारा आगलागीबाट क्षति भएका घरको अवलोकन, पुनःस्थापनाका लागि पहल गर्ने आश्वासन

वि.सं.२०७३ मंसिर ७ मंगलवार

990 

shares

७ मङ्सिर,  भोजपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भोजपुरका अग्निपीडितको पुनःस्थापनाका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

आज अपराह्न आगलागीबाट क्षति भएका घरको अवलोकनका लागि यहाँ आउनुभएका प्रधानमन्त्री दाहालले अवलोकनपछि आयोजित कार्यक्रममा अग्निपीडितको राहतका बिषयमा जिल्लाबाट गृह मन्त्रालयमा सुझाव पठाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभयो ।

जिल्लाबाट प्राप्त भएका सुझावका आधारमा सरकारले राहात प्याकेज ल्याउने बताउँदै उहाँले भोजपुर बजार जोखिमपूर्ण रहेकाले यहाँका जनप्रतिनिधि र पीडितसँग सल्लाह गरी यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यसबारे सुझाव पेस गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिनुभयो ।

यसैबीच अग्निपीडितलाई स्थानीय प्रशासनले सदरमुकामस्थित बानेश्वर गुठीको जग्गामा सामूहिक आवास निमार्ण गरी व्यवस्थापन गर्ने काम अगाडी बढाएको छ ।

भोजपुर सदरमुकामस्थित भोटेपसलमा आइतबार भएको भीषण आगोलागीमा आठघर जलेर नष्ट भएका थिए भने पाँच घरमा आंशिंक क्षति पुगेका थिए । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार १४:०८ मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...