back
CTIZAN AD

हङकङ प्रहरीद्वारा ७४८ प्रदर्शनकारीलाई पक्राउ

वि.सं.२०७६ साउन ३० बिहीवार

714 

shares

३० साउन, हङकङ । हङकङ प्रहरीले गत जुनदेखि शुरू भएको आन्दोलनमा सहभागी ७४८ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको हङकङ प्रहरीले बिहीबार जानकारी गराएको छ ।

जुन ९ गतेदेखि भएका विरोध तथा प्रदर्शन कार्यक्रमका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

हङकङ प्रहरीको जनसम्पर्क शाखाका वरिष्ठ प्रहरी उपरिक्षक कोङ विङ–चेउङले हङकङमा प्रदर्शनकारीको पक्राउ परेको जानकारी दिँदै भने “प्रहरी प्रशासनले पक्राउ परेकामध्ये ११५ जनाविरूद्ध विभिन्न आक्रमणमा दोषी भएको आरोपमा मुद्धा चलाएको छ ।”

कोङका अनुसार प्रहरीले १७ जनालाई बुधबार शाम शुई पो र टीन शुई वेईस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेको आरोपमा हिरासतमा लिई अनुसन्धान थालिएको छ । पक्राउ परेकामा दुई महिलासमेत रहेका र उनीहरू १५ बर्षदेखि ६१ बर्ष उमेर समूहका नागरिक रहेका छन् ।

उनले भने, “पक्राउ परेका सबैजनालाई प्रशासनले निशेध गरेको स्थानमा भेला भएको, गैरकानूनीरूपमा पटाका तथा अतिसबाजी गरेको, राष्ट्रिय झण्डाको अपमान गरेको, गैरकानूनीरूपमा हतियार राखेको, सार्वजनिक सामान क्षति गरेको र आगलागीको प्रयास गरेको आरोपमा पक्राउ गरी छानविन भइरहेको छ ।”

प्रदर्शनकारी र प्रहरीबीच यो समयमा भएका झडपमा परी ११ महिला प्रहरीसहित १७७ प्रहरी घाइते भएका छन् । सिन्ह्वा

वि.सं.२०७६ साउन ३० बिहीवार २१:५२ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...