back
CTIZAN AD

आज शुक्रबार सन्तोषीमाताको दर्शन गरी जान्नुहोस् तपाईको आज

वि.सं.२०७६ साउन ३१ शुक्रवार

957 

shares


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला ।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा बलजफ्ती गर्दा समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। कमजोरीले आलोचकहरू बढ्न सक्छन्। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित गरी आएका काम सम्पादन गर्न सकिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्राको अवसर आउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने अतिथि–सत्कार प्राप्त हुनेछ। सुमधुर दाम्पत्यले मन प्रफुल्ल रहनेछ ।
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। क्षेत्राधिकार जोगाउन अलि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने कामसमेत प्रारम्भ गर्ने मौका छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आवेशको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरका लागि केही संघर्ष हुन सक्छ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउनेछ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खर्च लागे पनि लगानी बढाउने अवसर आउला। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

२०७६ साल साउन ३१ गते शुक्रबार
उपप्रा,लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०७:०९ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...