back
CTIZAN AD

लघुकथा : एडभान्स

वि.सं.२०७६ साउन ३२ शनिवार

1.1K 

shares

मेरो घरमा दुइटा कोठा खाली भएपछि एकजना बुढी आइमाई कोठा हेर्न आइन् । बुढी आइमाईलाई मैले खाली कोठा देखाए । ‘भाडा कति नि भनिन् । ‘दुइटा कोठाको भाडा सातहजार मात्रै’ मैले भने ।


‘छहजारमा दिनु नि म बस्छु उनले भनिन् । ‘खाली हुनुभन्दा अगाडि बसेकाहरुले सातहजार तिरेर बसेका थिएँ घटाउन त मिल्दैन’ मैले भने ।

‘अरुलाई नदिनु होला नि म बेलुका मेरो छोराबुहारीलाई यो खाली कोठा देखाउन ल्याउछु’ उनले भनिन् । ‘कोठामा बस्ने मान्छे आए भने दिनै प¥यो तपाईले यि दुईटा कोठाको लागि एडभान्स छाडेर जानु भयो भने मैले अरुलाई दिन्न एडभान्स दिएर जानु भएन भने दिन्छु’ मैले भने । बुढी आइमाईले थैलीबाट निकालेर दुईहजार रुपैँया एडभान्स दिएर गइन् ।

बुढी आइमाई जानेबित्तिकै दुईथरी मान्छे ‘तपाईको घरमा खाली कोठा छ रे हो ?’ भन्दै हेर्न आए । ‘कोठा खाली त थियो अघि भर्खरै एकजना बुढी आइमाईले एडभान्स दिएर गइन्’ मैले भने ।

बेलुका बुढी आइमाईको छोराबुहारी खाली कोठा हेर्न आइपुगे । छोराबुहारीले कोठा हेरे । कोठा हेरेपछि ‘तपाईको घरमा खाली भएको कोठा हामीलाई भने अनुसारको राम्रो रहेनछ’ छोराबुहारीले भने । तपाईहरुलाई भने अनुसारको कोठा पाउन त तपाईहरुले आफैंले घर बनाउनुपर्छ नि मैले भने ।

दुईदिनपछि बेलुकीपख बुढी आइमाई र बुहारी आएर ‘तपाईको घरमा खाली भएको कोठा हामीलाई मन परेन एडभान्स फिर्ता लिन आएका हौ हामी भने । ‘एडभान्स फिर्ता दिन मिल्दैन तपाईको एडभान्स फिर्ता दिए भने त मलाई नोक्सान भइहाल्छ नि मैले भने । ‘दुई दिनको भाडा कटाएर भएपनि पैसा फिर्ता दिनुहोला नि’ बुढी आइमाईले भनिन् । मैले दुईदिनको भाडा साढे चारसय कटाएर सोह्रसय पचास रुपैँया बुढी आइमाईलाई फिर्ता दिए ।

त्यसपछि खाली भएको कोठामा एडभान्स दिएर गएकी बुढी आइमाई बसिसकेकी छे भनेर कोही पनि कोठा हेर्न आएनन् एक हप्ता सम्म कोठा खाली नै रह्यो । एकहप्तापछि दुईजना पढ्ने विद्यार्थी कोठा हेर्न आए । उनीहरुलाई कोठा मन प¥यो ‘तपाईको घरमा हामी बस्छौं अंकल’ भने । ‘त्यसो भए एडभान्स दिएर जानु होला’ मैले भने । एकहजार जति एडभान्स दिएर गए । पर्सीको दिनमा सामान ल्याएर बस्न थाले । अन्त्यमा बुढी आइमाईको मुख हेरेर मैले एडभान्स फिर्ता दिन पुगेछु मलाई नै घाटा भयो नि एकहप्तासम्म कोठा खाली गर्नुपर्दा भनेर चित्त बुझाउन पुगे ।

ठेगाना-सामाखुसी साहित्य समाज,
सरकारी धारा, काठमाडौं
मोबाइल नं. ९८४१७९७६६४

वि.सं.२०७६ साउन ३२ शनिवार ०९:२३ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...