back
CTIZAN AD

ठेकेदार तुलाचन सम्मानित

वि.सं.२०७३ मंसिर ८ बुधवार

999 

shares

८ मङ्सिर,मुस्ताङ । आन्तरिक राजस्व कार्यालय पोखराले मुस्ताङका ठेकेदार प्रेमप्रसाद तुलाचनलाई मङ्गलबार सम्मान गरेको छ । पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट करदाताका रुपमा तुलाचनलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ ।

यही मङ्सिर १ देखि ७ गतेसम्म पोखरामा सञ्चालित कर सप्ताह समापनको अवसरमा आर्थिक वर्ष २०७२÷७३ मा सबैभन्दा बढी कर बुझाउने करदाताका रुपमा सम्मान गरिएको राजस्व कार्यालयका सूचना अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

“तीन दशकदेखि तुलाचनले सञ्चालन गर्दै आएको अमित विल्डर्सले नियमित राजस्व तिर्दै आएको छ, उहाँलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको हो”, उहाँले भन्नुभयो ।

अमित विल्डर्सले मुस्ताङसहित म्याग्दी, बाग्लुङ, पर्वत, कास्की र चितवनसम्म समेत निर्माणसम्बन्धी काम गर्दै आएको छ । तुलाचन ‘ख’वर्गका ठेकेदार हुन् । स्थापनाकालदेखि नै राज्यलाई निरन्तर कर तिर्दै आएपछि अहिले सम्मानित हुन पाउँदा खुसी लागेको तुलाचनले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार ०६:३४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...