back

ठेकेदार तुलाचन सम्मानित

वि.सं.२०७३ मंसिर ८ बुधवार

624 

shares
GLOBAL IME AD
NTC AD

८ मङ्सिर,मुस्ताङ । आन्तरिक राजस्व कार्यालय पोखराले मुस्ताङका ठेकेदार प्रेमप्रसाद तुलाचनलाई मङ्गलबार सम्मान गरेको छ । पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट करदाताका रुपमा तुलाचनलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ ।

यही मङ्सिर १ देखि ७ गतेसम्म पोखरामा सञ्चालित कर सप्ताह समापनको अवसरमा आर्थिक वर्ष २०७२÷७३ मा सबैभन्दा बढी कर बुझाउने करदाताका रुपमा सम्मान गरिएको राजस्व कार्यालयका सूचना अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

“तीन दशकदेखि तुलाचनले सञ्चालन गर्दै आएको अमित विल्डर्सले नियमित राजस्व तिर्दै आएको छ, उहाँलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको हो”, उहाँले भन्नुभयो ।

अमित विल्डर्सले मुस्ताङसहित म्याग्दी, बाग्लुङ, पर्वत, कास्की र चितवनसम्म समेत निर्माणसम्बन्धी काम गर्दै आएको छ । तुलाचन ‘ख’वर्गका ठेकेदार हुन् । स्थापनाकालदेखि नै राज्यलाई निरन्तर कर तिर्दै आएपछि अहिले सम्मानित हुन पाउँदा खुसी लागेको तुलाचनले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार ०६:३४ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...