back
CTIZAN AD

नमुना प्रश्नोत्तर : माध्यामिक तह नेपाली विषय

वि.सं.२०७६ भदौ ५ बिहीवार

7.7K 

shares

५ भदौ, काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को विज्ञापनको परीक्षा मिति पनि सार्वजनिक गरेको छ । आयोगले यस वर्षबाट विषयगत रुपमा अध्यापन अनुमतिपत्रको व्यवस्था गर्न लागेको हो । समयक्रमसँगै प्रतिस्पर्धामा पनि जटिल बन्दै जाने देखिन्छ । त्यसै अनुरुप बस्तुगत प्रश्न (बहुबैकल्पिक ) अङ्कभारमा ४० र विषयगतको अङ्कभार ६० निधार्रण गरिएको छ । पहिलो पत्र खण्ड ‘क’ अन्तर्गत ‘विषयवस्तु सम्बन्धी ज्ञान’ र खण्ड ‘ख’ ‘शिक्षण सहजीकरण प्रक्रिया’ गरी दुइृ खण्डमा विभाजन गरिएको छ । यसबाट जम्मा ६५ अङ्कभारको प्रश्न सोधिनेछ भने दोस्रो पत्र ( पेसागत ज्ञान ) बाट ७ वटा प्रश्न आउनेछ भने अङ्कभार ३५ रहेको छ ।

शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको नमुना प्रश्नोत्तर , सम्भावित वस्तुगत पश्नोत्तर, र विषयगत प्रश्नसंगालो लिएर आउने गरेका छौं र आज तपाईकै आवश्यकतालाई मनन गर्दै माध्यामिक तहको नेपाली विषयको नमुना प्रश्न लिएर आएका छौँ ।

यी हुन् माध्यामिक तह नेपाली विषयको शिक्षक लाईसेन्स परीक्षामा सोधिने नमुना प्रश्न :-

विषय : नेपाली तह : माध्यामिक

पूर्णाङ्क : १००


उत्तीर्णाङ्क : ५०


पहिलो पत्र (समूह क) ४० x १ = ४०

१. नेपाली भाषमा पाइएको पहिलो लघुतम कथात्मक रूप मुन्सीका ‘तीन आहानहरु’ को प्रकाशन समय कुन हो ?
क. वि.सं. १९७१ ख.. वि.सं. १९८१ ग.. वि.सं. १९६१ घ.. वि.सं. १९१७

२. आधुनिक नेपाली कथामा समसामायिक धाराको सुरुवात कहिले भएको हो ?
क. वि.सं. २०३०
ख. वि.सं.२०३२
ग. वि.सं.२०३६
घ. वि.सं.२०३८

३. कथाको शाब्दिक अर्थ के हुन्छ ?
क्. केही भन्नु ख. केही सुन्नु
ग. केही सुनाउनु घ. केही कहनु

४. एउटा मुल कथा मात्र हुने साहित्यिक विधा कुन हो ?
क. उपन्यास ख. नाटक ग. कथा घ. निबन्ध

५.‘एक बसाइमा पढी सकिने र आफैँमा पूर्ण कथात्मक कृति कथा हो ’ यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. हड्सन घ. गुरुप्रसाद मैनाली

६. ‘सत्यम्, शिवम् सुन्दरम्लाई अभिव्यक्त गनृे आख्यान कथा होड यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो

ग. हड्सन घ. गुरुप्रसाद मैनाली

७.‘कथा कुनै एक चरित्रको जविनको एक मार्मिफ प्रसङ्गको नाटकीय रुपमा गरिएको प्रस्तुतीकरण हो’ यो भनाइ कसको हो?

क. महाभारत ख. एड्गर उलेन पो
ग. हड्सन घ. गुरुप्रसाद मैनाली

८. ‘कथा सानो आँखीझ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ’ यो भनाइ कसको हो ?

क. महाभारत ख. एड्गर एलेन पो

ग. देवकोटा घ. गुरुप्रसाद मैनाली

९. ‘कुनै एउटा पात्रका जीवनको सङ्कटमय घटनालाई कलापूण रीतिले लेख्नु ने कथा हो’ यो भनाइ कसको हो ?

क. महाभारत ख. एड्गर एलेन पो
ग. देवकोटा घ. गुरुप्रसाद मैनाली

१०.कथानकलाई गतिशील बनाउने प्रमुख तत्व के हो ?

क. पात्र ख. कथावस्तु

ग. उद्देश्य घ. भाषाशैली

११. नेवारी भाषालाई कुन भाषाका नामले चिनिन्छ ?
क. नेपाली भाषा ख. नेवारी भाषा

ग. नेपाल भाषा घ. कुनै पनि होइन

१२.नवीन विषयलाई अवलम्बन गर्ने तथा आफ्नो अलग्गै पहिचान भएका पात्रलाई के भनिन्छ ?

क. गोला ख. च्याप्टा

ग. आञ्चलिक घ. मौलिक

१३. कुनै स्थान विशेषलाई प्रतिनिधित्व गर्ने पात्रलाई के भनिन्छ ?
क. गोला ख. च्याप्टा

ग. आञ्चलिक घ. मौलिक

१४. कुनै मूर्त वस्तुको माध्यमबाट अमूर्त वस्तुलाई प्रस्तुत गर्ने साधनलाई के भनिन्छ ?
क्. विम्ब ख. प्रतीक
ग. अलङ्कार घ. व्यङ्ग्य

१५. कुनै वस्तु वा व्यक्तिको आकृति र त्यससम्बन्धी अवधारणा आदिलाई मस्तिष्कमा प्रतिच्छाँयाका रुपमा प्रस्तुत गर्ने कार्यलाई के भनिन्छ ?

क. विम्ब ख. प्रतीक

ग. अलङ्कार घ. व्यङ्ग्य

१६. अहिलेसम्म नेपाली भाषामा पाइएको पहिलो लघुतम कथात्मक रुप पाइने कृति कुन हो ?

क.. नासो ख. गरिब

ग. हास्यकदम्ब घ. तीन आहानहरु

१७. आधुनिक नेपाली कथाको प्रथम धारा कुन हो ,
-सामाजिक यथार्थवादी धारा

१८. नाटकमा अभिनयका प्रकार कुन कुन हुन्छन् ?
क. आङ्गिक र वाचिक ख. सात्विक
ग. आहार्या घ. माथिका सबै

१९. आनन्दबर्धनले रसका कति प्रकार हुने बताएका छन् ?
क. ८ ख. ९
ग. १० घ. ११

२०. ‘कवितामा कवि आफैँले ‘म’ का कोेणबाट कविता कथन गरेको छ भने त्यसलाई के भनिन्छ ?
क. कविप्रौढौक्ति ख. कविनिबद्धवक्तृपौढौक्ति
ग. सर्वदर्शी घ. दृष्टिविन्दु

२१. भाषालाई नियमन गर्ने भाषभित्रै अन्तर्निहित संरचनालाई के भनिन्छ ?
-व्याकरण

२२. कुनै विशेष परिवेशमा व्यतिरेकी भएर आउने ध्वनिलाई के भनिन्छ ?
– वर्ण

२३. तालब्य व्यञ्जन वर्ण कुन हो ?
क. प् ख. च्
ग. य् घ.ह्

२४.वाक्यमा कुनै काम, घटना, अवस्था स्थिति बुझाउने शब्दलाई के भनिन्छ ?

क. नाम ख. सर्वनाम
ग. विशेषण घ. क्रियापद

२५. एउटा उद्देश्य र एउटा विद्येय भएको वाक्यलाई के भनिन्छ ?
– सरल वाक्य

२६. वार्तालापीय शैली अँगाली लेखिने रचना कुन हो ?
क. संवाद ख. वक्तृता

ग. वादविवाद घ. मनोवाद

२७. एक दिनभरिका घटनाहरुलाई क्रमिक प्रस्तुत गर्ने रचना कुन हो ?

क. जीवनी ख. कथा
ग. संवाद . दैनिकी

२८. अनुच्छेदको आदि भागमा कुन वाक्य रहेको हुन्छ ?
क. शीर्ष ख. सहयोगी

ग. सारांशीकृत पहिलो

२९. निबन्ध रचनालाई कुन दर्जामा राख्न सकिन्छ ?
क. सामान्य लेखन ख. प्राज्ञिक लेखन

ग. सिर्जनात्मक लेखन घ. बौद्धिक लेखन

३०. चिठी पत्रको मुख्य उद्देश्य के हो ?

क. सूचना सम्प्रेषण गर्नु ख. चिठी लेख्नु

ग. जानकारी लिनु घ. कुनै पनि होइन

३१. विज्ञापनमा प्रयोग गर्ने भाषा कस्तो हुनुपर्छ ?
क. सन्देशमूलक ख. चित्रात्मक

ग वर्णनातमक घ. सूत्रात्मक

३२.बोधको सुस्वात कुन तहबाट गर्नुपर्दछ ?

क. पद ख.पदावली
ग वाक्य घ. अनुच्छेद

३३. कुनै पनि विषयको मुख्य कुराको टिपोट गर्ने कार्य के हो ?
क. सारलेखन ख. सङ्क्षेपीकरण
ग. सारांश घ. पात्रपरिचय

३४. संवादमा भाषेतर क्रियाकलापलाई कहाँ संयोजन गर्नुपर्छ ?
क. सिङगोसंवादभित्र ख. कोष्ठक भित्र

ग. संवादको अन्त्यमा घ. संवादको अग्रभागमा

३५. साहित्यका प्रमुख चार विधाहरु के–के हुन् ?

क. कविता , आख्यान,निबन्धर नाटक ख. कविता, कथा,नाटक र निबन्ध

ग. आख्यान निबन्ध,प्रबन्ध र एकाङ्की घ. कविता , आख्यान,प्रबन्ध र नाटक

३६. ‘कविको लेखनीमा साक्षात् भएर ब्युँझिने कल्पना कविता हो’ यो भनाई कसको हो ?
क. माधवप्रसाद घिमिरे ख. सेक्सपियर
ग. पारसमणि प्रधान घ. कलरिज

३७. स्वचालित तथा अमूर्त लेखन कुन धाराको मुख्य प्रवत्ति हो ?
क. एतिहासिक यथार्थवादी धारा ख. सामाजिक यथार्थवादी धारा

ग. अतियथार्थवादी धारा घ. मनोविश्लेषणात्मक धारा

३८.फयडले साहित्यको हेतु केलाई मानेका छन् ?
क. दैवीप्रेरणा ख. वासनाको दमन
ग. अध्ययन घ. चिन्तन

३९. बोध गर्नका लागि कुन पठन बढी उपयोगी हुन्छ ?
क. सस्वर पठन ख. मौन पठन
ग. दु्रत पठन घ. माथिका सबै

४०. अनेकार्थक रूपको उदाहरण कुन हो ?
क. पत्र ख. पानी
ग. भात घ. किताब

समुह (ख)

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् : ५x ५ = २५


१. भाषा शिक्षणको परिचय दिई बहुभाषिक कक्षामा नेपाली भाषा सिकाउँदा परियोजना कार्य गराउने उपायहरु सुझाउनुहोस् ।


२. शिक्षकले पाठ्यक्रमको अध्ययन गर्नुपर्ने कुनै तीन कारण उल्लेख गरी भाषा शिक्षणमा सन्दर्भ र स्रोतसामाग्री प्रयोगका एक एक उपयोगिता लेख्नुहोस् ।


३. कक्षा ९ मा कविता शिषक्षणका लागि उपयोगी एक विधि, शैक्षणिक सामग्र,सिकाइ उपलब्धि आँकलनका तालिका उल्लेख गरी तिनको प्रयोग गर्ने तरिका लेख्नुहोस् ।

४.माध्यामिक तहमा नेपाली भाषा शिक्षण गर्दा तपाइँ भाषिक सिप, विधा र भाषतत्वलाई कसरी संयोजन गर्नुहुन्छ ?


५. निरन्तर र आवधिक मूल्याङ्कनको भिन्नता देखाई भाषिक मूल्याङ्कनमा प्रयोगात्मक कार्यको भूमिका स्पष्ट पार्नुहोस् र विद्यार्थीको लेखाइ शिल्प जाँच गर्ने कुनै दुई सङ्क्षिप्त उत्तरात्मक प्रश्न तयार पार्नुहोस् ।


समूह (ग) दोस्रो पत्र पेसागत ज्ञान ७ x ५ – ३५


१. शिक्षा ऐन, २०२८ बमोजिम माध्यामिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया सम्बन्धमा गरेको व्यवस्था प्रस्तुत गर्नुहोस् ।

२.मानव विकासका अवस्था वा चरणहरुको सूची तयार गर्नुहोस् ।

३. सिकाइका स्वरुप ÷ प्रकृतिलाई बुँदागतरुपमा उल्लेख गर्नुहोस् ।

४. बालमैत्री सिकाइ वातावरण भन्नाले के बुझ्नुहुन्छ ? परिचय दिनुभई विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्दा के कस्ता पक्षहरुको विकासमा ध्यान पुराउनुपर्दछ ? उल्लेख गर्नुहोस् ।

५.विद्यार्थी अभिभावक तथा शिक्षकहरुबीच सञ्चार र सहकार्यको आवश्यकतालाई बुँदागतरुपमा उल्लेख गर्नुहोस् ।

६. पेशागत शिक्षकमा हुनुपर्ने पेशागत विशेष्मतम वा दक्षहरुको सूची तयार गरी शिक्षण पेशाका व्यवसायिक आयामहरुको छोटकरीमा परिचय दिनुहोस् ।

७.नेपालको संविधान,२०७२ बमोजिम संघ,प्रदेश र स्थानीय तहका शिक्षासम्बन्धी अधिकारहरु उल्लेख गर्नुहोस् ।

वि.सं.२०७६ भदौ ५ बिहीवार १०:५३ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...