back
CTIZAN AD

अन्तरराष्ट्रिय शिक्षा सम्मेलन शनिबारदेखि, करीब ७०० विज्ञको उपस्थिति हुने

वि.सं.२०७६ भदौ ५ बिहीवार

1.1K 

shares

५ भदौ, ललितपुर । पाटनढोकास्थित रातोबङ्गला विद्यालयमा शिक्षा सम्मेलन हुने भएको छ ।

यही भदौ ७ देखि ९ गतेसम्म रातोबङ्गला परिषद्को आयोजनामा नेपालको शिक्षालाई थप गुणस्तरीय बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सो सम्मेलन आयोजक समितिका सदस्य बाबुराम पौडेलले ‘शिक्षा सबैको अधिकार हो’ भन्ने मूल नारालाई सार्थक बनाउँदै नेपालका दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित भइरहेकाले उनीहरुमा शिक्षाको पहुँच पु¥याउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको प्रष्ट पारे ।

“नेपालको शिक्षा सुधारमा सरोकारवाला सबैलाई एकैथलोमा ल्याउन जरुरी देखियो”, पौडेलले भने । रातोबङ्गला विद्यालयका सञ्चालक शान्ता दीक्षितले पूर्वप्राथमिक तहका कक्षादेखि नै शिक्षा पद्धतिलाई वैज्ञानिक तरिकाले अघि बढाउनुपर्नेमा जोड दिए । “हाल विद्यालयस्तर बालबालिकामा स्वास्थ्य, मानसिक, शारीरिक समस्या बढ्दै गएको पाइएको छ”, दीक्षितले भने, “नेपालका धेरै बालबालिकाले पौष्टिक आहारको सट्टा तयारी खाना बढी सेवन गरेकाले त्यसबाट हुने बेफाइदाका विषयमा चर्चा परिचर्चा भएको छ ।”

यसअघि सो परिषद्ले सन् २००३ र २०१३ मा सम्मेलनको आयोजना गरी गुणस्तरीय शिक्षा, विद्यालय सुधारका कार्यक्रममा नेपालका शिक्षक र अनुसन्धानकर्तालाई एकै ठाउँमा भेला गरेर सुझाव दिएको थियो ।

सम्मेलनमा नेपाललगायत सिङ्गापुर, संयुक्तराज्य अमेरिका, भारत, चीन र बङ्गलादेशका विज्ञका साथै शिक्षक र प्रशिक्षकले भाग लिने बताइएको छ । सम्मेलनमा शैक्षिक क्षेत्रका करीब ७०० विज्ञको उपस्थिति रहने बताइएको छ ।


वि.सं.२०७६ भदौ ५ बिहीवार १२:०० मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...