back
CTIZAN AD

एक महीनामा १०६ मा डेङ्गु

वि.सं.२०७६ भदौ ५ बिहीवार

807 

shares


५ भाद्र, चितवन । साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम देखिएको केसीले जानकारी दिए । महानगरको कमलनगर, पुलचोक क्षेत्र बढी प्रभावित रहेको उनले जानकारी दिए ।

सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ । महानगरका १, २, ३, ४, १० नं वडा डेङ्गुको उच्च जोखिममा रहेको किट नियन्त्रक केसीले बताए । यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन् । ती स्थानमा बढी डेङ्गुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ९५१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सो रोग देखिएको थियो । डेङ्गु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्दछ । यो लामखुट्टेको टोकाइबाट बच्नसकेमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन केसीले सुझाव दिए।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार डेङ्गुको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुने लगायतका सङ्केत देखिएका छन् । अघिल्ला वर्षमा तीन दिनमा मात्रै सङ्क्रमण देखिने गरेको भए पनि अहिले शुरुकै दिनमा सङ्क्रमण देखिने गरेको उनले बताए ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको उनले बताए। साधारणतया भदौदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण जोखिम उच्च रहन्छ । तर साउन महीनामा नै धेरै सङ्ख्यामा बिरामी देखिएको हो । जिल्लामा सन् २०१०, २०१३ र २०१६ मा डेङ्गु महामारीकैरुपमा फैलिएको थियो । (रासस)

वि.सं.२०७६ भदौ ५ बिहीवार १२:३९ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...