back
CTIZAN AD

बुर्किना फासो आक्रमणप्रति राष्ट्रसंघको आपत्ति

वि.सं.२०७६ भदौ ५ बिहीवार

963 

shares

५ भदौ, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।

गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको उल्लेख छ ।

प्रवक्ता डुजारिकले सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन् ।

बुर्किना फासोको उत्तरी प्रान्त सउममा रहेको काउटाउ सैनिक शिविरमा गत सोमबार आक्रमण गरिएको थियो । सरकारी विवरणमा यस वर्षको यो सबैभन्दा घातक आक्रमण रहेको उल्लेख छ । सिन्ह्वा

वि.सं.२०७६ भदौ ५ बिहीवार १२:४९ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...