५ भाद्र, काठमाण्डौं । मनोविज्ञ वाशु आचार्यले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा लिइएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई नडराउन आग्रह गरेका छन् ।
लामिछानेलाई चितवन प्रहरीले हिरासतमा लिइसकेपछि देश तथा विदेशबाट रवि लामिछानेको पक्ष र विपक्षमा धेरैले आ–आफ्ना धारणा सार्वजनिक गरेका छन् । त्यस्तै पुडासैनीले पनि न्याय पाउनुपर्छ भनेर उनीप्रति सहानुभुति जनाउँदै आवाज उठाउने मासको पनि कमि छैन ।
यसै विषयमा मनोबिज्ञ वाशु आचार्यले पनि सामाजिक संजालमार्फत् आफ्नो धारणा व्यक्त गरेका छन् । उनले रवि लामिछानेलाई पाँच सुझाव दिँदै भनेका छन्, ‘निर्दोश हुनुहन्छ भने नडराउनुहोस्, कारागारमा केटाहरुसँग पोट खेलेर बस्नुहोस् ’
त्यस्तै उनले भनेका छन्, ‘तपाईं दोषी हैन भनेर प्रमाण जुटाउन खोज्दै छ नेपाल प्रहरी । तपाईं दोषी हो भने कुनै शक्तीले तपाईंलाई सजायबाट मुक्त गराउन सक्दैन, तपाईंले सजाय भोग्नै पर्छ । सालीकरामले न्याय पाउनै पर्दछ ।’
हुन मनोविज्ञ शर्माका रविलाई पाँच सुझाव
‘रवी लामिछाने ज्यूलाई ५ सुझाब
१ -“निर्दोश हुनुहुन्छ भने नडराउनुहोस्, कारागरमा केटा हरुसँग पोट खेलेर बस्नुहोस’
२- ‘तपाईं दोषी हैन भनेर प्रमाण जुटाउन खोज्दै छ नेपाल प्रहरी । तपाईं दोषी हो भने कुनै शक्तीले तपाईंलाई सजायबाट मुक्त गराउन सक्दैन, तपाईंले सजाय भोग्नै पर्छ, सालीकरामले न्याय पाउनै पर्दछ’
३ -तपाईंलाई चाहेर पनि कसैले फसाउन सक्दैनन्, तपाईं एक्लै भएर त सक्थे होला, तर तपाईंसँग जनताको अपार साथ छ’
४ ‘अन्तिम निर्णय न्यायाधीशज्यूले गर्ने हो, बिधीको शासनमा विश्वाश गर्ने न्यायाधीशहरुले जटिल बिषयमा गद्धार गर्दैनन्’
५-तपाईंलाई गरिने अन्तिम फैसलामा कुनै चलखेल भयो भने जनता तपाईंको लागि मर्न तयार छ, बरु सत्ता पल्टिन्छ, सत्य मर्दैन’
मलाई लाग्छ तपाईंलाई सामान्य तारिकमा छोडिनेछ । जनताको लागि लड्न तयार ब्यक्तीले सुख पनि भोग्नु पर्छ र दुस्ख पनि भोग्नु पर्छ ।
निर्दोस IDOL ब्यक्ती कारागारमा रहँदा पनि HERO हो, अनी बाहिर आएपछी झन SUPERHERO
तपाईंलाई सफलताको लागि शुभकामना ।’ वासु आचार्य
वि.सं.२०७६ भदौ ५ बिहीवार ११:५९ मा प्रकाशित






























