झुण्डिएको अवस्थामा मृत भेटिएका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको हत्या या आत्महत्या भनेर अनुसन्धान भइरहेको छ ।
पुडासैनीले मृत्युपूर्व रेर्कड गरेको भिडियोमा आत्महत्या गर्न बाध्य पारेको भनेर आरोप लगाइएका व्यक्तिहरु प्रहरी हिरासतमा छन् ।
यसै विषयलाई लिएर देश तथा विदेशमा रविको पक्ष तथा विपक्षमा मानिसहरुले आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।
यसै विषयलाई लिएर जापानमा रहेकी हिरा पाण्डेले पनि आफ्नो विचार व्यक्त गर्दै शालिकराम पुडासैनीको हत्या नभएको र आत्महत्या नै हो भनेकी छन् । उनले यसका २ वटा वलिया प्रमाण रहेको सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ।
पाण्डेको विचार जस्ताको तस्तै
‘शालिकराम पुडासैनिको हत्या भएकै होइन, आत्महत्या नै हो । यस्का वलिया प्रमाणहरु २ वटा छन् ।
१-उनले मर्नु भन्दा पहिले ज्वाला संग्रौलालाइ पठाएको म्यासेज हो ।
२-नले मर्नुभन्दा पहिले दोष लगाएकी रुकु अर्थात अस्मिता कार्कीको नाम लिनु ।
यदि कसैले रविलाइ फसाउन हत्या गरेको थियो भने त्यो हत्यारालाइ रुकुको नाम लिन आवश्यक अनि संभव थियो ?
हेर्नुहोस्, तपाइँले, मैले या अरु कसैले पनि वाहिरी आवरणमा अर्थात समाजमा कति चर्चा कमाएको छ, ऊ कति आदर्श छ त्यतातिर ध्यान नदिनुहोस्, उनिहरुको भित्रि जीवन कसैलाइ थाहा हुन्न । शालिकराम पुडासैनीले पनि घरमा श्रीमती हुँदा हुँदै कुनै केटीसँग सम्वन्ध गाँस्छन् ! हो, यहि भुल उनको मृत्युको कारण देख्छु म । यस्को भित्रि पाटो अनुसन्धानमा आउनु पर्छ ! शालिकराम आँफैमा एउटा राम्रो संचारकर्मी हुन्, उनले रविको टिममा गएर मेहनत गरे ! भने जति पैसा नपाएर भित्रभित्रै पाकेका रहेछन्, रवि र ट्वान्टि फोर विरुद्ध वोल्ने ह्याउ पनि नहुने, वोले दलाल र गद्दारको आरोप लाएर उल्टो मर्नु न वाँच्नु हुने देखे, उता अष्ट्रेलियाको केसमा पनि वुढि दुर्घटनामा मरेकी हो भनेर रुकुलाइ धेरै समय ढाँटेका रहेछन् । पछि वास्तविकता थाहा पाएपछि ति केटीले गालि वेइज्यति गर्नु स्वभाविक पनि हो ।
सायद पुडासैनि अष्ट्रेलिया जाने निहुँमा ति लेडिज सँग वढि हिमचिम गरे, प्रेममा पनि परे, पछि केटीले वलत्कारको केश हाल्छु भनेपछि र केटीको परिवारले पनि धम्क्याएपछि उनमा नैतिक संकट देखिएको छ ! परिवारमा श्रीमती र वच्चा समेत भएका, समाजमा एउटा चल्तापुर्जा संचारकर्मी सँगै हाइहाइ, तर भित्रभित्र त्यहि हाइहाइको फाइदा पुडासैनीले मज्जाले उठाएका रहेछन् ! यहाँ प्रत्येक हाइहाइ भएकाहरुले, त्यहि हाइहाइको मौका कति उठाएका छन् कस्लाइ के थाहा ? अर्को कुरा, मृतक पुडासैनी रवि लामिछानेसँग वनावटि रुपमा नजिक रहेपनि भित्रभित्रै पारिश्रमिकको असमानता, कामको पेलान आदि कुराले भित्रभित्रै गलेका रहेछन् ! यि नितान्त मनोवैज्ञानिक कुरा हुन । ठूलो रुखको छहारी मान्छेका लागि हितकर भएपनि, वरिपरीका साना तिना रुखका लागि कहिल्यै उभो लाग्न दिन्न ! भएभरको पोषण शोषेर खान्छ ! मान्छेमा पनि त्यहि कुरा लागू हुन्छ ! रवि लामिछानेलाइ यति धेरै चर्चित गराउने पर्दा पछाडी एउटा ठूलो टिम छ ! के त्यो सवै टिम रवि लामिछाने सँग खुसि होलान् ? के त्यहाँ खटाइ अनुसार सवैले वरावर पारिश्रमिक पाएका छन् ? यि कुरा विस्तारै समयसँगै खुल्दै जानेछन् । रविको ठूला माछासँगको मोलमोलाइ चलेको रहेछ र चलिनै रहेको रहेछ भने पनि विस्तारै खुल्दै जानेछ !
तर अहिले सरकार सतर्क हुन जरुरी छ ! रवि लामिछानेलाइ अहिले व्यापक जनसमर्थन छ ! अर्को कुरा–रवि र युवराज कँडेलले टर्चर दिँदैमा मात्रै पुडासैनी मर्ने मनुष्य पक्कै होइनन्, तर केटिको काण्डले उनलाइ दिन सम्म टर्चर दिएको देखिन्छ ! त्यति मेहनत गरेर कमाएको इज्यत छिनभरमै लिलाम हुन्छ भन्ने डर र भय ज्वाला संग्रौलाले सार्वजनिक गरेको म्यासेजको स्क्रिन सटमा देखिन्छ ! यहाँ एउटा होनाहार मान्छे मरेर गएको छ । पुडासैनीका वावुका आँखावाट खसेका आँसु र सँगै कापेको ओठ देख्दा मन भक्कानिएर आउछ ! वाउआमाले लक्का जवान छोरो गुमाएका छन्, श्रीमतीले श्रीमान अनि एउटा अवोध वालकले वाउ गुमाएको छ । मान्छेहरु यसैलाइ मजाक वनाइरहेका छन् । मान्छेले आत्महत्या त्यसै गर्दैन ।
मनमा सानो तिनो चोट पर्दैमा मान्छे मर्दैन । सवै कुराबाट हरेस खाएपछि, अगाडीका सवै वाटाहरु अन्धकार देखेपछि र आफ्नो अस्तित्व अव यो धर्तिमा छैन भन्ने ठानेर मर्ने हो । पुडासैनीले चाहेको भए रवि लामिछाने, युवराज कँडेल र रुकुका समस्या सजिलै तह लगाउन सक्थे । तर उनले खै किन त्यसरी हरेस खाए कुन्नि ? केटि काण्डमा वदनाम त रवि पनि भएकै हुन् ! गल्तिको पश्ताप गरेर नयाँ तरिकाले सोच्नुको सट्टा अन्तिममा मर्ने निर्णय गरे र मनमा रहेको तुष खोलेर मरे । पुडासैनीले मर्नु अघि यसमा रवि लामिछाने, युवराज कँडेल र रुकु अर्थात अस्मिता कार्कीको प्रष्टै नाम मुछेकाकाले उनीहरुलाइ सरकारले नियन्त्रणमा लिएर अनुसन्धान गर्नु सरकारको कर्तव्य हो । यसमा कोकाहल मच्चाउने भिड भावनामा वगेको मात्रै हो, तर पुडासैनी मरे पनि रवि, कँडेल दोषि करार हुने संभावना म पनि देख्दिन । त्यस्तो नहोस् पनि । पत्रकारलाइ दिनरात काममा पेलाउने तर पैसा नदिनेहरु पनि अव होसियार हुनै पर्छ । मृतक पुडासैनीको परिवारमा परेको अपुरणिय क्षति प्रति गहिरो सहानुभूति ! मृतक प्रति हार्दिक श्रद्दा सुमन !’
वि.सं.२०७६ भदौ ५ बिहीवार ०९:०२ मा प्रकाशित