back
CTIZAN AD

एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माउने क्रम बढ्दो

वि.सं.२०७६ भदौ ५ बिहीवार

930 

shares


५ भाद्र, चितवन। जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ ।
भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी (एआरटी) केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा जन्माउने गरेका छन् । यस्तै सन् २०१९ को ६ महीनामा चार जना आमाले बच्चा जन्माइसकेका छन् । यसै वर्ष चार जना आमा बच्चा जन्माउने तयारीमा रहेका छन् ।
सङ्क्रमित भएको थाहा भएदेखि नै औषधि सेवन गर्दा औषधिका कारण बच्चामा र श्रीमान् वा श्रीमतीमा समेत समस्या नहुने केन्द्रका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए।
सन् २००७ मा केन्द्र स्थापना भएको हो ।

सङ्क्रमित आमाले नियमित औषधि खाएमा उनीहरुबाट जन्मिएको बच्चामा समस्या नदेखिने गरेको उहाँले जानकारी दिए। बच्चा बसिसकेपछि एचआइभी सङ्क्रमण देखिएका पाँच जना आमाले जन्माएको बच्चामा मात्रै सङ्क्रमण भेटिएको उनको भनाइ छ ।

केन्द्रको सम्पर्कमा रहेका १७५ जोडीले औषधि सेवन गर्दै बच्चा जन्माउने तयारीमा रहेका छन् । उनीहरु दुवै जना सङ्क्रमित हुन् । औषधिका कारण आफूहरुले सुरक्षित बच्चा जन्माउन सकेको सङ्क्रमितमध्येका एकले बताए । औषधिको सेवनले सङ्क्रमितको जीवन लामो हुने र बच्चा जन्माउन चाहेदेखि बच्चासमेत सङ्क्रमित नहुने उनको भनाइ थियो ।


केन्द्रको परामर्शअनुसार बच्चा जन्माउने सङ्क्रमितहरुको सङ्ख्या पनि बढ्दो रहेको छ । सन् २०१८ मा मात्रै १२ जना आमाले बच्चा जन्माएका थिए । तीमध्ये सङ्क्रमण ढिलो भेटिएकी एक आमाबाट जन्मिएका छोरालाई मात्र सङ्क्रमण भेटिएको थियो । सङ्क्रमण देखिने बित्तिकै औषधिको सेवन गर्न पाइन्छ । केही वर्षअघि सम्म औषधि प्रयोग गर्न कुर्नुपर्ने हुन्थ्यो ।
अस्पतालमा रहेको केन्द्रबाट ८९५ जनाले औषधि सेवन गर्दै आएका छन् । केन्द्रको सम्पर्कमा एक हजार ७२९ जना रहेका छन् । तीमध्ये कतिपयले आफ्नो पायक पर्ने स्थानबाट औषधि लिँदै आएका छन् । अस्पतालको सम्पर्कमा आएका आमाहरुमा चितवन, नवलपुर, मकवानपुर, धादिङ गोर्खालगायत जिल्लाका रहेका छन् । बढी सङ्ख्यामा चितवनको रहेका छन् । विसं २०७३ मा एक सङ्क्रमितले जुम्ल्याहा बच्चा जन्माएका थिए । उनीहरुमा पनि सङ्क्रमण देखिएको थिएन ।

केन्द्रबाट औषधि सेवन गर्नेहरुमा ४०८ पुरुष, ४२६ महिला र ६१ जना बच्चा रहेका छन् । तीमध्ये १२ समलिङ्गी र दुई जना तेस्रोलिङ्गी रहेका छन् । पुरुषहरुको मदिरा सेवन, ध्रुमपान लगायतका कारण सङ्क्रमणपछि चाँडो मृत्यु हुने गरेको छ । (रासस)

वि.सं.२०७६ भदौ ५ बिहीवार १३:३७ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...