back
CTIZAN AD

लोकसेवा आयोग गठन हुने

वि.सं.२०७६ भदौ ५ बिहीवार

978 

shares

५ भदौ, हेटौँडा । प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्नेलगायत तीन वटा निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने, प्रदेश एकीकृत अनुदान व्यवस्थापन कार्यविधि २०७६ को मस्यौदा स्वीकृत गर्ने र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाका लागि अस्थायी दरबन्दीलाई स्वीकृति दिने निर्णय गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्याविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

प्रस्तुत विधेयक प्रदेशसभामार्फत पारित भएपछि प्रदेशमा लोकसेवा आयोग गठन हुने उनले बताए । प्रदेशसभाबाट विधेयक पास भएपछि आयोग गठनसँगै कर्मचारी भर्ना गर्ने बाटो खुल्ने उनले बताए । मन्त्रिपरिषद्ले पर्यटक विकास आयोजनामा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

पर्यटनको क्षेत्रमा काम गर्नुपर्ने पर्यटन विकास आयोजनामा यसअघि प्राविधिकको दरबन्दी नहुँदा आयोजनाको धेरै काममा समस्या भएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि आयोजनाको काम गर्नका लागि बाटो खुलेको जनाइएको छ ।


वि.सं.२०७६ भदौ ५ बिहीवार १४:१४ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...