६ भदौ, मस्को । स्न २०१८ को जुलाई ७ को साझ मिखाइल खचातुरायनले आफ्ना तीन किशोरी छोरी क्रिस्टिना, एन्जेला र मारियालाई एकपछिअर्को गर्दै आफनो कोठामा बोलाउँछन् । राम्रोसँग फल्याट सफा नगरेको भन्दै मिखाइलले हप्काउँछन् र उनीहरुको अनुहारमा एक प्रकारको पिरो ग्यास छर्किदिन्छन् । छौरीलाइ दुव्र्यबहार गरेपछि उनि सुत्छन् ।
त्यसलगतै तीनैजना छोरी चक्कु हयामर र पिरो स्प्र्रे बोकेर बाबुको कोठामा पुग्छन । छोरीहरुले पालैपालोे बाबुको टाउको, गर्धन र छातीमा चक्कुु र ह्यामरले हिर्काएर पिरो स्प्रे छर्किदिन्छन् । ३० भन्दा बढी स्थानमा काटिएको मिखाइलको घटना स्थलमै मृत्यु हुन्छ । किशोरीहरुले तत्कालै प्रहरीलाई खबर गर्छन उनीहरु कोठाबाटै पक्राउ पर्छन् । सम्पुर्ण रसियालाई नै त्राहिमाम बनाउने सो घटनाबारे प्र्रहरीले एक वर्षअघि सुरु गरेको गहन अनुसन्धान बिस्तारै सार्वजनिक भएको छ । अनुसन्धानले परिवारमा डरलागदो हिसांकको शृंखला भएको खुुलासा गरेको छ । मिखाइलले आफना तीनै छोरीहरुलाइ विगत तीन वर्ष देखी नियमित रुपमा कुटपिट गर्थे । छोरीहरुलाई यातना दिएर यौन र्दुव्यवहार गर्थे ।
आफुहरुविरुद्ध भएको र्दुव्यवहार किशोरीहरुले प्रहरीलाई सप्रमाण पेस गरेका थिए । किशोरीहरुलाई र्दुव्यवहार गरेको अनुसनधानकर्ताहरुले पुष्टि गरेका छन् । उनीहरुलाई रिहाइको माग गर्दै तीन लाखभन्दा बढीले हस्ताक्षर गरेका छन् । शुत्रबारको नयाँ पत्रिकाबाट
वि.सं.२०७६ भदौ ६ शुक्रवार ०८:५८ मा प्रकाशित



























