back
CTIZAN AD

राति निन्द्रा नलाग्दा लोकगीत सुन्छन् नेता देवेन्द्र पौडेल

वि.सं.२०७६ भदौ ६ शुक्रवार

738 

shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले आफूलाई राति निन्द्रा नलाग्दा लोकगीत सुन्ने गरेको बताउछन् । उनले अरुले जस्तो फेसबुक हेरेर बस्नुभन्दा लोकगीत सुन्न मनपराउने बताउँछन् । साथै उनले गाडी चलाउँदा पनि लोकगीत नै सुन्ने गरेका छन् ।

नेपाली महिलाहरुको महानपर्व तिज नजिक आउँदो छ । तर, नेता पौडेलले तिजले लय विर्सिएको बताउँछन् । उनका अनुसार आजभोली तिजको गीत खिजडी जस्तो तथा न दोहोरी त न आधुनिक गीत जस्तो भएको छ ।

तर, लोकगीतका पारखी उनले लोकदोहोरीले भने आफ्नो पन नबिर्सेको शुक्रबारको नयाँपत्रिकासँग बताएका छन् ।

‘क्यासेटमा रिलवाला चक्का हालेर कानमा एयरफोन लगाउँदै लोकगीत सुनिन्थ्यो । जनयुद्धको समयमा पनि चर्चित गीतका क्यासेट मगाएर सुन्थे । जनयुद्धमा लागेका साथीहरुलाई पनि लोकगीत सुन्न प्रेरित गर्थे । हिजो आज धेरैजासो गाडी प्रयोग गरिन्छ । अहिले क्यासेटको प्रचलन छैन,’ स्कुले जीवनमा गोठालो जाँदा लोक दोहोरी खुव सुनिएको बताउँदै पौडेल भन्छन्, ‘थकाइ लागेका बेला राति निन्द्रा लागेन भने सामाजिक सञ्जाल चलाउँदिन लोकगीत सुन्छु ।’

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०९:२९ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...