back
CTIZAN AD

दोलखामा मात्र देखाइने भैरवकुमारी जात्रा सम्पन्न

वि.सं.२०७६ भदौ ६ शुक्रवार

768 

shares

६ भदौ, चरिकोट । दोलखाबजारमा मात्र पाँच दिनसम्म मनाइने भैरव कुमारी जात्रा सकिएको छ । दोलखा जिल्लाको नेवार समुदायको बसोबास रहेको दोलखाबजारमा मात्र मनाइने भैरव कुमारी जात्रा गए राति दोलखा बजारका मन्दिर र टोलहरुमा भैरव कुमारीको परिक्रमा गराई सम्पन्न भएको हो ।

गाईजात्राको भोलिपल्टदेखि लगातार पाँच दिनसम्म मनाइने यो जात्रामा कुमारीको विभिन्न रूप बनाई रातिको समयमा बाजागाजासहित दोलखा बजारको टोलको परिक्रमा गराइन्छ ।

दोलखा बजारको टँसिचा टोलस्थित कुमारी घरबाट भैरव, कुमारीकी आमा (नकिन), घोडचढी र जाल हान्नेसहित १४ जनाको समूह आकर्षक शैलीमा नाच्दै टोलको परिक्रमा गराउँदै राति यो जात्रा निकाल्ने गरिन्छ ।

द्वापरयुगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरूलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको धार्मिक मान्यता रहेको पाइन्छ । तान्त्रिक विधि गरेर शुरु गरिने जात्रा निकाल्नु पूर्व व्रत बस्ने महिला दिनभर नखाई टँसिचा टोलको गुठीघरमा भेला हुन्छन् ।

मनको इच्छा पूरा हुने भन्दै पाँच सय वर्ष पुरानो भैरव कुमारी जात्रा हेर्न र भैरव कुमारीको दर्शन गर्न देशका विभिन्न भागबाट भक्तजन दोलखाबजार आउने गर्दछन् । (रासस)

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०९:५० मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...