८ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनद्धारा पक्राउ गरिएका संचारकर्मी रवि लामिछानेसहित ३ जनामाथि गरिएको अनुसन्धानको रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरीले सरकारी वकिलको कार्यालयमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गराएको छ ।
सान ३० गते न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछानेसहित तीनजनालाई पाँच दिनको अनुसन्धान पश्चात भदौ ३ गते अनुसन्धानका लागि भन्दै पुन ः ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायमा बुझउँदै पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीनजनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।
संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीमाथि गरिएको उक्त अनुसन्धान प्रतिबेदन प्रहरीले आइतबार सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।
सरकारी वकिलमा दर्ता भएको उक्त मुद्दामाथि लामिछानेसहितका तीनजनालाई सरकारी वकिलको कार्यालयले बयान लिने र उनीहरुका आ–आफ्ना वकिल र सरकारी वकिलबीच बहस हुनेछ ।
गम्भीर केश भएकोले आजै बहस हुने र प्रयाप्त प्रमाण नपुगेमा लामिछाने, कँडेल र कार्कीलाई थुनामा राख्ने, धरौटीमा छोड्ने या साधारण तारेखमा रिहा गर्ने भन्ने बारेको छिनो फानो आजै हुने वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की बताउँछन् ।
वि.सं.२०७६ भदौ ८ आइतवार १६:१६ मा प्रकाशित






























