८ भाद्र, भक्तपुर । प्रहरीलाई गलत सूचना दिएको अभियोगमा नागार्जुन नगरपालिका स्यूचाटार बस्ने २५ वर्षीय आकाश भट्टराईलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका, बालकोटस्थित दुर्गा मन्दिर नजिकबाट आफ्नो मोबाइल साथीलाई दिई प्रहरीले लग्यो भन्दै प्रहरीको कन्ट्रोल रूममा फोन गरी गलत सूचना दिएको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले भट्टराईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा निजलाई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
वि.सं.२०७६ भदौ ८ आइतवार १६:४४ मा प्रकाशित






























