back
CTIZAN AD

साताको पहिलो दिनमै नेप्से ओरालो यात्रामा

वि.सं.२०७६ भदौ ८ आइतवार

633 

shares


८ भाद्र, काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।
गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार नेप्से आज अपरान्ह २ बजेसम्म घटेर एक हजार २०१ विन्दुमा झरेपनि त्यसपछि भने पुनः बढेर एक हजार २०९.६२ विन्दुमा पुग्यो ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लाग्यो भने दश उपसमूहको शेयर घटेको छ । होटल ३।०४ र उत्पादन ११.३ विन्दुले बढ्दा बैंकिङ १.६६, व्यापार २.०३, विकास बैंक २.२१, जलविद्युत् १५.१४, वित्त ०.६, निर्जीवन बीमा ३१.३२, अन्य ०.०७, लघुवित्त ४.२, जीवन बीमा ५१.०७ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु तीन करोड २१ लाख ३० हजार ८०० मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड ४१ लाख ५३ हजार ४३३, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड ९५ लाख ७८ हजार २४३, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ५२ लाख ८९ हजार ५३२, एनआइसी एशिया रु एक करोड ४६ लाख ३७ हजार ५३९ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर रु एक करोड १० लाख ५८ हजार २०३ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज बढी कमाउनेमा सिर्जना फाइनान्स वित्तीय संस्था रहेको छ । सो कम्पनीका शेयरधनीले ४.२१ प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ३।३४, सिन्धु विकास बैंक रु ३.१३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०१, गुराँस लघुवित्त वित्तीय संसथा २.९२ र बोटलर्स नेपाल तराई लिमिटेडका शेयरधनीले २ प्रतिशतले कमाए ।

यस्तै धेरै गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ७.२० प्रतिशतले गुमाए । त्यस्तै युनिभर्सल पावर कम्पनी ४.८१, आइएमई जनरल इन्स्योरेन्स ३.५६, नेशनल हाइड्रोपावर कम्पनी ३.३८, खानीखोला हाइड्रोपावर ३.३८, दिव्यश्वरी हाइड्रोपावर ३.३३ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ ८ आइतवार १६:५९ मा प्रकाशित

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...