back
CTIZAN AD

वन क्षेत्रको बहुआयामिक रुपान्तरण गरिनेछ – मन्त्री बस्नेत

वि.सं.२०७६ भदौ ८ आइतवार

795 

shares


८, भाद्र, काठमाडौँ । राष्ट्रियसभाको बैठकले “वन विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्ष गणेश तिमल्सिनाले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसअघि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गरेका थिए । छलफलमा उठेको प्रश्नका जवाफमा मन्त्री बस्नेतले वन व्यवस्थापनलाई सङ्घीय संरचना र वन क्षेत्रको बहुआयामिक रुपान्तरण गर्न विधेयक आएको स्पष्ट पारे।

उनले भने,“राष्ट्रिय वन व्यवस्थापनमा समुदाय र सरकारको भूमिका अहम् रहेको छ । गरीबी निवारण र उद्यमशीलता प्रवद्र्धन गर्न वनबाट आएको आय उपयोग गर्न सकिन्छ ।” मन्त्री बस्नेतले वन व्यवस्थापन र संरक्षणमा समुदायलाई अझ बलियो बनाउने उद्देश्य विधेयकले लिएको जानकारी दिँदै स्थानीय र प्रदेश सरकारका बीचमा वन संरक्षणमा समन्वय हुनेछ भने ।

निजी वनको अनुमति स्थानीय निकायले स्वीकृति दिनसक्ने अधिकार विधेयकले गरेको मन्त्री बस्नेतले स्पष्ट पारे । विधेयकको सैद्धान्तिक पक्षमाथिको सामान्य छलफलमा प्रकाश पन्त, उदया शर्मा, डा विमला पौडेल र कोमल ओलीले वन संरक्षणमा स्थानीय र प्रदेश सरकारका बीचका अधिकार क्षेत्रमा सन्तुलन कायम गर्न, वन संरक्षणबाट भएका आय उपभोक्ताको अधिकतम् हितमा लगाउन, गरीबी निवारणमा कबुलियती वनलाई उपयोगमा ल्याउन र वन ऐन २०४९ लाई संशोधन गर्न सुझाव दिएका थिए ।



वि.सं.२०७६ भदौ ८ आइतवार १७:११ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...