back
CTIZAN AD

चन्दननाथ भैरवनाथ मन्दिरमा दर्शनार्थी बढे

वि.सं.२०७६ भदौ ९ सोमवार

2.2K 

shares

९ भदौ, सिञ्जा । पछिल्लो समय कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेकोे छ । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसँगै राराताल घुमेर चन्दननाथ मन्दिरमा पूजा गरेर फर्कने पर्यटक बढ्दै गएका हुन् ।चन्दननाथ गुठी समितिकका अनुासार सो घोषणा पछि अहिलेसम्म आन्तरिक तथा बाह्य गरेर २० हजार पर्यटक यहाँ आइपुगेका छन् । यहाँ दैनिक करीब डेढसय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिरले पनि उनीहरूको रेकर्ड राख्न थालेको चन्दननाथ गुठी समितिका खरिदार रत्नप्रसाद आचार्यले बताए ।
एक हजार ४०० वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन् । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो । दैलेखको महावै जगन्नाथबाट ल्याइएको दियो जहिले पनि बलिरहेको हुन्छ ।
मन्दिरमा चालु आर्थिक वर्षमा रु ४३ लाख ७७ हजार ४४६ पर्यटकले चढाएको भेटी सङ्कलन भएको खरिदार आचार्यले जानकारी दिए । राजश्व सङ्कलन तथा मन्दिरको व्यवस्थापनलाई मजबुत बनाएर अघि बढ्ने सोचमा समिति रहेको उहाँको भनाइ थियो । सङ्कलित रकममध्ये रु ४२ लाख ६८ हजार २०० खर्च भइसकेको, रु चार लाख ६० हजार ४०० बैंक मौज्दात रहेको बताइएको छ । गत वर्ष रु ३९ लाख १७ हजार आम्दानी भएको थियो । (रासस)

वि.सं.२०७६ भदौ ९ सोमवार १५:०१ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...