back

लिबियाको तटीय क्षेत्रबाट एक सय ८० आप्रवासीको उद्धार

वि.सं.२०७६ भदौ ९ सोमवार

42 

shares

९ भदौ, त्रिपोली । पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार एक सय ८० गैरकानूनी आप्रवासीलाई उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले आइतबार सो जानकारी दिएको छ ।

युएनएचसीआरले एक ट्वीटमार्फत आप्रवासीका लागि लिबियाको भूमि सुरक्षित नभएको जनाएको छ । अप्रिलको सुरुदेखि नै राष्ट्रसंघ समर्थित लिबियाली सरकार र विद्रोहीबीच राजधानी त्रिपोलीलाई कब्जा गर्न भएको सशस्त्र सङ्घर्ष अझै जारी छ ।

अप्रिलदेखि जारी यस द्वन्द्वमा हालसम्म एक हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने पाँच हजार ७०० भन्दा बढी घाइते भएका छन् । यस द्वन्द्वका कारण एक लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई आफ्नो घर छाड्न बाध्य तुल्याइएको छ ।

भूमध्यसागर पार गरेर गैरकानुनी रुपमा युरोप पुग्न चाहने अधिकांश आप्रवासीले लिबियाको बाटो प्रयोग गर्दछन् । यद्यपी धेरै आप्रवासीको भूमध्यसागरमा जोखिमपूर्ण डुङ्गा यात्राका क्रममा दुर्घटनामा परेर ज्यान जाने गरेको छ । लिबियाको हालको राजनीतिक स्थिति र अराजकताका कारण आप्रवासीका लागि असुरक्षित भएको युएनएचसीआरले जनाएको छ । सिन्हवा

वि.सं.२०७६ भदौ ९ सोमवार १५:०१ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...