back
CTIZAN AD

लिबियाको तटीय क्षेत्रबाट एक सय ८० आप्रवासीको उद्धार

वि.सं.२०७६ भदौ ९ सोमवार

870 

shares

९ भदौ, त्रिपोली । पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार एक सय ८० गैरकानूनी आप्रवासीलाई उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले आइतबार सो जानकारी दिएको छ ।

युएनएचसीआरले एक ट्वीटमार्फत आप्रवासीका लागि लिबियाको भूमि सुरक्षित नभएको जनाएको छ । अप्रिलको सुरुदेखि नै राष्ट्रसंघ समर्थित लिबियाली सरकार र विद्रोहीबीच राजधानी त्रिपोलीलाई कब्जा गर्न भएको सशस्त्र सङ्घर्ष अझै जारी छ ।

अप्रिलदेखि जारी यस द्वन्द्वमा हालसम्म एक हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने पाँच हजार ७०० भन्दा बढी घाइते भएका छन् । यस द्वन्द्वका कारण एक लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई आफ्नो घर छाड्न बाध्य तुल्याइएको छ ।

भूमध्यसागर पार गरेर गैरकानुनी रुपमा युरोप पुग्न चाहने अधिकांश आप्रवासीले लिबियाको बाटो प्रयोग गर्दछन् । यद्यपी धेरै आप्रवासीको भूमध्यसागरमा जोखिमपूर्ण डुङ्गा यात्राका क्रममा दुर्घटनामा परेर ज्यान जाने गरेको छ । लिबियाको हालको राजनीतिक स्थिति र अराजकताका कारण आप्रवासीका लागि असुरक्षित भएको युएनएचसीआरले जनाएको छ । सिन्हवा

वि.सं.२०७६ भदौ ९ सोमवार १५:०१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...