back
CTIZAN AD

म, देखि ओलीसम्म, रविदेखि ज्ञानेन्द्रसम्म सबैमाथि छानविन हुनुपर्छ

वि.सं.२०७६ भदौ १० मंगलवार

843 

shares

बलत्कार अपराध र भष्ट्रचारका घटना नरोकिए । अपराधीहरूलाइ कार्वाही नगरिए सत्ता पल्टिन्छ, सरकार ढालिन्छ, देशमा गृहयुद्ध हुन्छ भनेर, यस्ता अनावस्यक कुरा गरेर जनता मराउने बौद्धिकता नछाटौ अनि त्यस्तो राजनीति पनि नगरौ । राजाहरूले गोर्खा छोडे । गोर्खा सम्वद्ध बनाएनन् । उल्टै राजधानीमा दरबार, महल, व्यवसायहरू बनाए । जो सँग लडे । जस्ले अधिकार र सत्ता लिए । निर्वासन पठाए उनै राणाहरूका चेली बिहे गरे । पारिवारिक उठबस र सम्वन्ध पनि बनाए । जमिन अधिग्रहण गरे ।

सुनिन्छ, एक्काइस हजार रोपनी जमिन राजाहरूका नाममा छन् । दरबार सरकारी जमिन र जंगलहरूमा पनि छन् । राज परिवारका सदस्यहरू माथी हत्या र अनेक अपराध आरोपित छ । हत्याकाण्ड र अनेक नकरात्मक पक्षका इतिहास साक्षी छन् । छानबीन र भष्ट्राचार राजा र राजदरबारबाट सुरू हुनुपर्छ । राजाहरू गाउँबाट शहर पसेका अनि बसेका हुन । तर, कहिले बाजे बराजु जन्मेका र छोडेका स्थान र दरबार संरक्षित गर्न र सम्वृद्ध बनाउन लागेनन । पंच र पंचायती प्रधानमन्त्री, सासंद,मन्त्री, अंचलाधिश, जिल्ला सभापति, नेताहरू गाउँ छाडेर शहर बसेका छन् । तिनले पनि आफ्नो जन्मस्थल सम्वृद्ध बनाउन कहिले लागेनन् ।

राजा र पंचहरूले जन्मेको ठाउँ बनाउन लागेका भए आज देश र जनताका अवस्था यतिधेरै दयनिय हुने थिएनन् । ठूला पंचहरूका सम्पति कति छन्, छानविन हुनै पर्छ । काग्रेस, कम्युनिष्ट, राजपाहरूका नेताहरू गाउँबाट शहर पसेका हुन । ती पनि दल र सरकारका मुख्य पदमा पुगेका छन् । तिनका पनि महल र व्यवसाय छन् । तीनीहरूले पनि राजा, पंचहरू जस्तै शहर मै बस्ने, घर, महल र व्यवसाय मात्रै बनाउने काम नगरेका भए देश र जनताको अवस्था यतिबेला धेरैमाथि पुगिसक्थ्यो । तीनीहरू माथी पनि अकुत सम्पत्ति थुपारेको अभियोगमा छानविन हुनैपर्छ । कर्मचारी, डाक्टर, इन्जीनियर, पाइलट, ठूला व्यापारीहरू पनि गाउँबाट, विदेशबाट राजधानी पसे कै हुन । तिनीहरूले पनि आफ्नो जन्मस्थल बनाउन लागेको भए जन्मस्थल सुविधा सम्पन्न बनि सक्थ्यो । तिनका पनि घर, महल , जमिन , व्यापारहरू शहरमा छन् । तिनमा पनि छानबीन हुनैपर्छ । प्रहरी, सेना, न्यायालय, संवैधानिक निकाय, शैक्षिक र स्वास्थ्य क्षेत्रका ठूला र साना व्यक्तिहरू पनि शहरमा घर र महल बनाएर बसिरहेका छन । तीनले पनि आफ्नो बाबु बाजेको जमिन र जन्मस्थल बिर्से कै हुन । होइन भने, आज आम ग्रामिण क्षेत्र अबिकिसित हुने थिएनन् । तिनका पनि जायज नाजायज सम्पति हुन सक्छन । तिनका सम्पति माथी पनि छानविन हुनै पर्छ ।

गायक, नायकदेखि सबै तहका दल जन र डन, पेशेवर र ठेकेदारहरूका घर, महल र व्यवसाय शहरमा छन् । तिनका सम्पति माथी पनि छानविन हुनै पर्छ । क्षेत्रिय, जातिय र धार्मिक राजनिती गर्नेदेखि बाबा र माता बनेर साधारण जनतामा त्रास, भ्रम, हल्ला र अराजकता बनाइ शहरमा महल र आम्दानी बनाउनेहरू माथी पनि छानविन हुनै पर्छ ।

तरकारीदेखि राजनीतिसम्म बिचौलिया बनेर नाजायज फाइदा लिनेहरुको पनि शहरमा महल र व्यवसायहरू छन् । ती माथी पनि छानविन हुनै पर्छ । स्वदेश र विदेशमा बसेर अनावस्यक भ्रम, हल्ला, बनाएर देश र समाजमा बिभाजन, अराजकता, अस्थिरता, काटमार बनाउन भुमिका खेल्नेहरू माथी पनि छानविन हुनैपर्छ ।

समाचार र टिभी कार्यक्रममा संविधान बिरोधी, गणतन्र बिरोधी , लोकतन्त्र बिरोधीहरूलाइ मात्र स्थान दिने र अन्तर्वार्ता लिनेहरूमाथी पनि निगरानी गरिनै पर्छ । जस्ले व्यवस्था र अवस्थाप्रति घात हुने काम र वातावरण निर्माण हुने काम गरि रहेका छन् । समग्रमा देशको आजको स्थिति बनाउन र बिगार्न राजादेखि कर्मचारी सम्म । सबै तहका दलदेखि जनसम्म । पेशा र पेशाकर्मि सम्मको हात छ । ति सबै तह र क्षेत्रका मुख्य मानिसका शहरमा घर, महल र ठुला व्यवसाय छन् । तिनका सम्पतिमाथी पनि छानबीन हुनै पर्छ । त्यसैले आजका नेता मात्रै होइन हिजोका राजा, पंच , कर्मचारी लगायत सबैका सम्पति माथी छानविन र गलत छन भने कार्वाही हुनैपर्छ तर आजका नेता मात्र भष्ट्र र अपराधी भनेर हिजोका सबै भष्ट्र र अपराधीहरू बचाउने र तिनीहरूलाइ नै सत्तामा पुराउने राजनैतिक खेल हो भने यो गलत हो ।

रवि लामिछानेदेखि ज्ञानेन्द्र शाहीसम्म र अख्तियारदेखि ओली सम्मले राजादेखि आज सम्मका सबै मुख्य-मुख्य व्यक्तिहरूका जमिन, महल र सम्पति माथी छानविन गर्न आँट गर्नुपर्छ । म देखि ओली सम्म अनि रवि देखि ज्ञानेन्द्र शाहीसम्म तिनका नियत र सम्पतिमाथी अनुगमन गरिनु पर्छ । भष्ट्राचारको बिरोध गरेर ज्ञानेन्द्र शाहीहरू ज्ञानेन्द्र शाहको सत्ता ल्याउन हिडि रहेको हो कि होइन प्रष्ट पारिनु पर्छ । नेपालको झन्डा बोकेर नेपाली नेपाली लडाउन खोजिरहेको हो कि होइन प्रस्ट पारिनु पर्छ । होइन भने अपराध र भष्ट्रचारको बिरोधको नाममा आफू सम्पन्न र शक्तिमा पुग्ने खेल खेल्न कसैले पाइदैन । केहि खराब नेताको बिरोधको नाममा सबै नेता, कार्यकर्ता र दललाइ गाली गरेर जनताले लडेर ल्याएको व्यवस्था मास्न जनता मराउन पाइदैन ।

वि.सं.२०७६ भदौ १० मंगलवार २२:२७ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...