back

सुर्खेतमा कर्णाली एक्सपो हुने

वि.सं.२०७३ मंसिर ९ बिहीवार

471 

shares
IME Limited
NTC AD

९ मङ्सिर,काठमाडौँ। सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा यही मङ्सिर २३ गतेदेखि कर्णाली एक्सपो –२०१६ हुने भएको छ ।

बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा भारत, पाकिस्तान तथा बङ्गलादेशका व्यापारीले पनि भाग लिने सो व्यापार मेलामा लगानीसम्बन्धि इन्भेस्टमेन्ट पेभिलियनका साथै नेपालका चारसय र ती मुलुकका ३० वटा स्टल रहने जानकारी दिइयो ।

स्थानीय घरेलु उत्पादन, स्थानीय कला संस्कृति, पहिरन तथा परिकार मेलाका मुख्य आकर्षण हुने मेला मूल समारोह समितिका संयोजक प्रकाश अधिकारीले पत्रकारलाई बताउनुभयो । उहाँले ३ लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको कारोबार हुने जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष डा किशोरकुमार प्रधानले मेलामा परम्परागत उत्पादन तथा प्रदेश नं ६ का उत्पादन रहने जानकारी दिनुभयो । सुर्खेत नेपालकै सबैभन्दा गरिब जनता बसोबास गर्ने जिल्ला भएको र यहाँ ३५ प्रतिशत मानिस गरिब रहेको सो अवसरमा जानकारी दिइयो ।

सो एक्स्पो नेपाल उद्योग वाणिज्य महासङ्घ र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा हुन लागेको हो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:३७ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...