back
CTIZAN AD

सुर्खेतमा कर्णाली एक्सपो हुने

वि.सं.२०७३ मंसिर ९ बिहीवार

897 

shares

९ मङ्सिर,काठमाडौँ। सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा यही मङ्सिर २३ गतेदेखि कर्णाली एक्सपो –२०१६ हुने भएको छ ।

बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा भारत, पाकिस्तान तथा बङ्गलादेशका व्यापारीले पनि भाग लिने सो व्यापार मेलामा लगानीसम्बन्धि इन्भेस्टमेन्ट पेभिलियनका साथै नेपालका चारसय र ती मुलुकका ३० वटा स्टल रहने जानकारी दिइयो ।

स्थानीय घरेलु उत्पादन, स्थानीय कला संस्कृति, पहिरन तथा परिकार मेलाका मुख्य आकर्षण हुने मेला मूल समारोह समितिका संयोजक प्रकाश अधिकारीले पत्रकारलाई बताउनुभयो । उहाँले ३ लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको कारोबार हुने जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष डा किशोरकुमार प्रधानले मेलामा परम्परागत उत्पादन तथा प्रदेश नं ६ का उत्पादन रहने जानकारी दिनुभयो । सुर्खेत नेपालकै सबैभन्दा गरिब जनता बसोबास गर्ने जिल्ला भएको र यहाँ ३५ प्रतिशत मानिस गरिब रहेको सो अवसरमा जानकारी दिइयो ।

सो एक्स्पो नेपाल उद्योग वाणिज्य महासङ्घ र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा हुन लागेको हो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:३७ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...