back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार

वि.सं.२०७६ भदौ १२ बिहीवार

918 

shares

१२ भदौ,, काठमाडौँ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ ।

२८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको सो बैंकले बुधबार विस्तार गरेको शाखा कार्यालयमा चकचकी (झापा) कसिंयावजार (मोरङ), चन्द्रपुर (रौतहट), भीमफेदी (मकवानपुर), बलवाबजार र पिपरा(महोत्तरी), पोखरीया (पर्सा) , टोखा र कोटेश्वर (काठमाडौ), खैरेनीटार (तनहुँ), पूर्तिघाट (गुल्मी) चन्द्रौटा –कपिलबस्तु) र घोराही (दाङ) रहेका छन् । सबै जिल्लामा बैंकको पहुँच पुगेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल माध्यमबाट बुधबार ती शाखा कार्यालयको शुभारम्भ गर्दै पुँजि बजार सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए । उनले भने , “आर्थिक गतिविधि बढिरहेको छ । रु एक खर्बको विदेशी लगानी आउने प्रतिबद्धता आएको छ । आर्थिक वृद्धिदर बढेको छ ।” अर्थमन्त्री डा खतिवडाले बचत खाताका सेवाग्राहीलाई प्रदान गर्ने ब्याज रकम वृद्धि गर्न र स्वायत्ताभित्रको जवाफदेहीता प्रदान गर्न बैंकसित आग्रह गर्दै तरलताको सङ्कट आउन नदिन, सस्तो ब्याजदरमा कृषि, पर्यटन, घरेलु उद्योगम लगानी बढाउनुपर्नेमा जोड दिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत रु ४० करोड लगानी गरेको र अगामी दिनमा लगानी वृद्धि गर्दै लैजाने बताए । उनले भने, “वित्तीय पुहँच र सबै नेपालीको बैंक खाता बनाउने अभियानलाई सहयोग गर्न बैंकले प्राथमिता दिएको छ । बैंक सुधारको आयोजना जारी रहेको छ ।”

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सहुलियत दरमा कर्जा वितरण कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न बैंकसित आग्रह गर्दै उत्पादनशील कर्जा वितरण, वित्तीय समावेशीता र वित्तीय स्थायित्वमा ध्यानुपर्ने बताए ।

बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गत आवका बैंकले रु पाँच अर्ब ३२ करोड मुनाफा आर्जन गर्न सफल रहेको जानकारी दिँदै बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब रहेको बताए । विसं २०२२ माघ १० गते सो बैंकको स्थापना भएको थियो ।

वि.सं.२०७६ भदौ १२ बिहीवार ०८:४० मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...