१२ भदौ, आत्महत्यालाई हेर्ने हाम्र्रो दृृष्टिकोण सकारात्मक
छैन्् । हाम्र्रो यस्तोे दृष्टिकोण धर्म, सामाजिक मुल्य—मान्यता, राज्यप्र्रदत्त नियम—कानुुन आदिबाट निर्देशित छ । अधिकांश धर्मले आत्महत्यालाई अनुुुमोदन गर्दैनन् । आत्महत्या प्रकृति हुने शहादतलाई इस्लामलगायत धर्मले स्विकारेका छन्् । यस्तैै प्रकृतिको आमरण उपवासलाई हिन्दू धर्मले मान्यता दिएको छ । भारतका हिन्दुवादि नेता विनय दामोदर सावरकरले जिवनका अन्तिम दिनताका आमरण उपवास बसेर (आन्दोलन क्रममा होइन) मृत्युवरण गरेका थिए । उपवासकै क्रममा एउटा लेख लेखेर उनले त्यस्तो मूत्युवरणलाई आत्महत्या नभई आत्मार्पण भनेका थिए । यति हुँदाहुदै पनि प्रायः सबै धर्मले आत्महतयालाई निरुत्साहित गर्छन । उदाहरणका लागि हिन्दु र्धमग्रन्थ परासरस्मूति ( ४.१–२) मा झुन्डिएर आत्महत्या गर्ने महिला—पुरुस दुवैले ६० हजार वर्षमा नर्कमा बस्नुपर्नेछ भनी उल्लेख गरिएको व्यवस्थालाई लिन सकिन्छ । र्धमसँगै सामाजिक मुल्य मान्यताले पनि आत्मतयालाई गलत ठहर गर्दै निरुत्साहित गर्छन् । न्यायको प्रचलित सिद्धान्तले पनि आत्महत्यालाई गलत करार गर्छ । बिहिबारको नयाँ पत्रिकाबाट ।
वि.सं.२०७६ भदौ १२ बिहीवार ०८:२८ मा प्रकाशित





























