१२ भदौ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा अझै एकसाता लाग्ने भएको छ ।
उपचारका लागि भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्रीको प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार जारी रहेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
उनका अनुसार प्रधानमन्त्रीhttp://प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह बुधबार नेपाल फर्किएकी छन् ।
शाहले प्रधानमन्त्रीको उपचारका प्रक्रिया अर्कोसाता सम्म रहने जानकारी दिएकी हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाल समान्य रहेको पनि रिमालले बताएका छन् ।
प्रधानमन्त्री ओली लामो समयदेखि मिर्गौला रोगको विरामी रहेका छन् ।
वि.सं.२०७६ भदौ १२ बिहीवार ०९:०५ मा प्रकाशित