back

द्वन्द्वपीडित बाख्रापालनमा रमाउँदै

वि.सं.२०७६ भदौ १२ बिहीवार

99 

shares

१२ भदौ, चितवन । दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरूले बाख्रापालन शुरु गरेका हुन् ।

माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले एक वर्ष अघिबाट बाख्रापालन शुरु गररेका हुुन । सशस्त्र द्वन्द्वमा लागेका गोलीका छर्रा काफ्लेको खुट्टामा अझै छ भने तिवारीले बाँदरमुढे घटनामा श्रीमती, छोरा र भाउजू गुमाएका थिए ।

द्वन्द्वमा राज्य पक्ष र विद्रोहीबाट पीडा खेपेका उनिहरूले समाजलाई नयाँ सन्देश दिनका लागि पनि यो व्यवसाय शुरु गरेका हुन । करीब चार बिघा जग्गा भाडामा लिएर उनिहरूले बाख्रापालन शुरु गरेका हुन । खोरमा यतिबेला विभिन्न जातका ११५ वटा बाख्रा रहेका छन् भने बारीमा घाँस लगाइएको छ । काफ्लेका अनुसार उन्नत जातको बयर र स्थानीय जात जमुनापारिसँगै खरी जातका बाख्रापालन गरिएको छ । बारीमा अहिले थाइल्याण्डबाट ल्याइएको सुपर नेपियर नामक घाँस लगाइएको छ । जसमा बाख्रालाई आवश्यक पर्ने पौष्टिक तत्व बढी हुने काफ्लेले जानकारी दिए ।
तिवारीका अनुसार करीब रु ४५ लाखको लागतमा बाख्रापालन व्यवसाय शुरु गरिएको हो । उन्नतजातका पाठापाठी उत्पादन गरी किसानको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ यो व्यवसाय शुरु गरिएको तिवारीले बताए । शुभारम्भ एग्रोफर्मको नामबाट अहिले व्यावसायिक बाख्रा फार्म सञ्चालनमा रहेको छ । फार्ममा बोयरबाट शुद्ध बोयर र स्थानीय जातसँग क्रस गराएर पाठापाठी उत्पादनको काम पनि भइरहेको छ ।

फार्मले सञ्चालनको पहिलो वर्षमानै नगरपालिकाबाट उत्कृष्ट बाख्रा फार्मको रुपमा सम्मानसमेत पाइसकेको छ । जहाँ अहिले दैनिक चार जनाले रोजगार पाइरहेका छन् भने अब बिक्री वितरणका लागि बाख्रा तयार भएका छन् । दुवै जना द्वन्द्वबाट पीडित भएका कारण अब व्यवसाय गरेर जीवनस्तर उकास्नु पर्छ भनेर व्यवसाय शुरु गरेको काफ्लेले बताउनुभयो । द्वन्द्वकालमा लागेको गोलीका छर्रा बोकी रहेका काफ्लेले अहिले दलहरूबीचको असमझदारी देखेर दिक्क लागेपछि जीविकोपार्जनका लागि व्यवसाय शुरु गरेको गुनासो गरे । परिवार गुमाएका तिवारीले पनि मन भुलाउनका लागि काम थालेको बताए । आफूहरू दुवै यसमा रमाएको काफ्लेको भनाइ छ । (रासस)

वि.सं.२०७६ भदौ १२ बिहीवार १०:११ मा प्रकाशित

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

छोराको कुटपिटबाट बुबाको मृत्यु

छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको...

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

भादगाउँ । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा...

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...