back
CTIZAN AD

राजनीतिसँगै पशुपालनमा युवा नेता

वि.सं.२०७६ भदौ १२ बिहीवार

1.1K 

shares

१२ भदौ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका काशीनाथ भट्टराई राजनीतिसँगै गाईपालनमा सक्रिय छन् । उननले राजनीतिलाई समाजसेवा र गाईपालनलाई जीवनयापनको माध्यम बनाएका छन् ।
राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ गाईपालन र राजनीतिलाई सँगसँगै अगाडि बढाएको भट्टराईले बताए । “समाजसेवा गर्नका लागि राजनीतिमा होमिएँ, समाजसेवाले मात्रै घरखर्च चलाउन सकिन्न, त्यसैले जीवनयापनका लागि गाईपालन गरिरहेको छु” भट्टराईले भने ।

नेपाल कम्युनिष्ट पार्टी बन्दीपुर गाउँपालिका–५ को वडा कमिटी सचिव रह्ेका उनको गाईफार्ममा अहिले २९ गाई छन् । ती गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन भइरहेको र दूध बिक्रीबाट दैनिक ११ हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक रु एक लाख ३२ हजार आम्दानी हुने गरेको छ ।
नेकपाको वडा तहको संरचना एकीकरण हुनुअघि भट्टराई तत्कालीन नेकपा एमालेको वडा कमिटीको अध्यक्ष थिए । अहिले पार्टी एकतापछि सो वडा पूर्वमाओवादी केन्द्रको भागमा परेको कारण उनले वडा सचिवको जिम्मेवारी पाएका छन । विद्यार्थीकालदेखि अनेरास्ववियुमा आबद्ध भएका भट्टराई विद्यार्थीकालमै गाईपालनमा लागेकका थिए । “क्याम्पसको अध्ययनदेखि नै गाईपालन शुरु गरेको थिएँ,” उनले भने, “विदेश जान मन लागेन, गाईपालनमै रमाउन थालेँ ।”

भट्टराईलाई गाईपालनमा श्रीमती कल्पनाले साथ दिएकि छन् । श्रीमान् पार्टीको
काममा जाँदा गाईको स्याहारसुसार आफूले गर्ने गरेको कल्पनाले बताए । पार्टीको कामसँगै गाउँमा हुने अन्य सामाजिक काममा पनि भट्टराई नियमित पुग्नुहुन्छ । आफू सरहका युवाहरू देशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा होमिएका बेला इच्छाशक्ति भए स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश भट्टराईले दिएका छनन ।

कृषि विकास बैंकमार्फत इजरायलमा पुगेर एक महीनासम्म त्यहाँको व्यावसायिक कृषि र पशुपालनको अवलोकन गर्ने मौका पाएका उनले त्यसपछि गाईपालनमा थप व्यावसायिक ज्ञान हासिल भएको बताए । इजरायलबाट फर्केपछि घरमै दूध डेरीे स्थापना गरेका उनले डेरीलाई भने निरन्तरता दिन सकेनन । “गाईपालन र डेरी सञ्चालन दुवै काम एकसाथ गर्न नसकिने रहेछ भन्ने सोचेर पछिल्लो समय डेरी बन्द गरेको छु,” भटृराईले थपे ।
पार्टीका उच्च तहका नेताहरूले गाईफार्म अवलोकन गर्दै हौसला प्रदान गर्नाका साथै कृषि मन्त्रालयका सचिव, विभागीय प्रमुख र अन्य विज्ञहरूले समेत बेला–बेलामा उनको फार्म अवलोकन गर्ने गरेका छन् । (रासस)

वि.सं.२०७६ भदौ १२ बिहीवार ०९:५७ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...