back
CTIZAN AD

विद्युत्का पोल नपाँउदा बत्तीमुनि अँध्यारो

वि.सं.२०७३ मंसिर ९ बिहीवार

1K 

shares

 ९ मङ्सिर,जाजरकोट । बिजुली बाल्ने सपना बोकेर बसेका यहाँको एक दुर्गम गाउँका स्थानीयवासीको आशा सपनामै बितेको छ । वर्षौँदेखि जिल्लाको खगेनकोट–५ र ६ का तीनसयभन्दा बढी घरधुरी विद्युत्का पोल नपाउँदा अन्धकारमा बस्न वाध्य भएका छन् ।

गाउँ नजिकै खमाउरे खोलाबाट निक्लिएको १५ किलोवाट विद्युत् खेर गएको भएपनि पोल किन्नका लागि रकम नहुँदा बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको खगेनकोट–६ का नारायण खत्रीले बताउनुभयो ।

अधिकांश दलितको बसोबास रहेका यी दुई वडामा रकम अभावमै विद्युत् बाल्न नपाएका हुन् । टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुँदा पोलको माग गर्न सिंहदरबार पुगेका यहाँका स्थानीयवासीलाई काम हुन्छ भनी आश्वस्त पारिएको थियो ।

जिविसलाई यहाँका स्थानीयवासीले पटकपटक पोलको माग गरेपनि कसैले कुरा नसुन्दा बिजुली बाल्ने धोको सपनामै सीमित भएको अर्का स्थानीयवासी वीरबहादुर खत्रीले बताउनुभयो ।

ट्रान्समिटर र विद्युत्को तार, पोल गरी करिब ३२ लाखसम्म लाग्ने भएपछि स्थानीयवासी हैरान भएका हुन् । सबैले हुन्छ भन्छन् तर काम कसैले गर्दैनन् हामी दिक्क भइसक्याँै, हल्चौरका रामप्रसाद खत्रीले बताउनुभयो । गाविसका अन्य वडामा बिजुली बलेर झिलीमिली भएपनि हल्चौर गाउँ भने अन्धकार नै रहेको छ । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०३:३५ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...