back
CTIZAN AD

अन्तर्जातीय विवाहित महिला बेपत्ता

वि.सं.२०७३ मंसिर ९ बिहीवार

960 

shares

९ मङ्सिर,पाल्पा । अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन् । गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप छ ।

माइती पक्षले खोजी गरी पाऊँ भनी प्रहरीसमक्ष निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय विवाह भएको थियो ।

बिन्दुका बुबा नरेन्द्र पुलामीले छोरी बेपता भएपछि खोज्न आग्रह गरे पनि घरपरिवारबाट बेवास्ता गर्नुका साथै धम्की समेत आएको बताउनुभयो ।

अन्तिमपटक सोमबार गाउँमा भएको छलफलपछि ज्वाइँ दीपेन्द्र नै सम्पर्कविहीन भएकाले प्रहरीमा निवेदन दिएको उहाँले बताउनुभयो । दीपेन्द्र पाल्पाका जिल्ला शिक्षा कार्यालयका ओभरसियर हुन् ।

माइती पक्षले बिन्दुको हत्या भएको हुन सक्ने आशङ्का गरेर खोजीका लागि प्रहरीसमक्ष निवेदन दिएकाले प्रहरी उपरीक्षक हरिराज वाग्लेले निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०९:०७ मा प्रकाशित

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...