back
CTIZAN AD

उन्नत जातको गाईपालनले गाउँकै विकास

वि.सं.२०७६ भदौ १९ बिहीवार

906 

shares

१८ भदौ, अमरगढी । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका बासिन्दाले व्यवासायिक रुपमा उन्नत जातका गाईपानलबाट गाउँकै विकास गरेका छन् । नेपाल सरकारले शुरु गरेको कवुलियती वन तथा पशु विकास अवधारणाअनुसार स्थानीयवासी उन्नत जातको गाईपालनमा जुटेका हुन् ।

जिल्लाका अधिकांश क्षेत्रमा स्थानीयवासीको जिम्मामा रहेका वनलाई कवुलियती वनमा परिणत गरी ४० वर्षसम्म समूहलाई जिम्मा दिने निर्देशिकामा उल्लेख भए बमोजिम उक्त गाविस–८ सेरीका बासिन्दाले विगत तीन वर्षदेखि सेरी वन समूह बनाई डाँडा खोलामा डाले घाँस रोपेर वन संरक्षण पनि गर्दै आएका छन् ।

त्यहाँबाट उत्पादित घाँस प्रयोग गरी उन्नत जातका गाईपालन गरेर मनग्य आम्दानी गरिरहेका भेटेरीनेरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख खड्गबहादुर शाहाले बताउनुभयो । दुईवटा गाईपालनबाट शुरु गरिएकामा अहिले ४० जर्सी गाई पालेर दूध बेची अर्थोपार्जन गर्दै आएको थानीयवासी लालबहादुर बुढाले जानकारी दिए।

समूहले उक्त केन्द्रको आर्थिक सहयोगमा ५०० लिटरको दूध चिस्यान केन्द्रसमेत स्थापना गरी किसानबाट सङ्कलित दूध कैलालीस्थित खप्तड डेरीलाई दुई दिनमा ५०० लिटर दिने गरेको सहकारी दूध सङ्कलन केन्द्रका अध्यक्ष अमर बुढाले बताए ।

उनका अनुसार यसअघि गाउँका युवा रोजगारीका लागि भारत जाने गरेकामा अहिले गाउँमै व्यावासायिक रुपमा उन्नत जातको गाईपालनमा जुटेकाले उनीहरूको जीविकोपार्जनमा पनि सहज भएको छ ।

सेरीका बासिन्दाले दूध बेचेर चामल किनेर खान थाल्नाका साथै छोराछोरीलाई विद्यालय पनि पठाउन थालेका छन् । अहिलेसम्म तीनजनाले मात्र एसएलसी पास गरेका सो ठाउँमा पछिल्लो समय सबैले छोराछोरीलाई पढाउन थालेका हुन् । (रासस)

वि.सं.२०७६ भदौ १९ बिहीवार ०९:५५ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...