back

उन्नत जातको गाईपालनले गाउँकै विकास

वि.सं.२०७६ भदौ १९ बिहीवार

546 

shares
IME Limited
NTC AD

१८ भदौ, अमरगढी । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका बासिन्दाले व्यवासायिक रुपमा उन्नत जातका गाईपानलबाट गाउँकै विकास गरेका छन् । नेपाल सरकारले शुरु गरेको कवुलियती वन तथा पशु विकास अवधारणाअनुसार स्थानीयवासी उन्नत जातको गाईपालनमा जुटेका हुन् ।

जिल्लाका अधिकांश क्षेत्रमा स्थानीयवासीको जिम्मामा रहेका वनलाई कवुलियती वनमा परिणत गरी ४० वर्षसम्म समूहलाई जिम्मा दिने निर्देशिकामा उल्लेख भए बमोजिम उक्त गाविस–८ सेरीका बासिन्दाले विगत तीन वर्षदेखि सेरी वन समूह बनाई डाँडा खोलामा डाले घाँस रोपेर वन संरक्षण पनि गर्दै आएका छन् ।

त्यहाँबाट उत्पादित घाँस प्रयोग गरी उन्नत जातका गाईपालन गरेर मनग्य आम्दानी गरिरहेका भेटेरीनेरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख खड्गबहादुर शाहाले बताउनुभयो । दुईवटा गाईपालनबाट शुरु गरिएकामा अहिले ४० जर्सी गाई पालेर दूध बेची अर्थोपार्जन गर्दै आएको थानीयवासी लालबहादुर बुढाले जानकारी दिए।

समूहले उक्त केन्द्रको आर्थिक सहयोगमा ५०० लिटरको दूध चिस्यान केन्द्रसमेत स्थापना गरी किसानबाट सङ्कलित दूध कैलालीस्थित खप्तड डेरीलाई दुई दिनमा ५०० लिटर दिने गरेको सहकारी दूध सङ्कलन केन्द्रका अध्यक्ष अमर बुढाले बताए ।

उनका अनुसार यसअघि गाउँका युवा रोजगारीका लागि भारत जाने गरेकामा अहिले गाउँमै व्यावासायिक रुपमा उन्नत जातको गाईपालनमा जुटेकाले उनीहरूको जीविकोपार्जनमा पनि सहज भएको छ ।

सेरीका बासिन्दाले दूध बेचेर चामल किनेर खान थाल्नाका साथै छोराछोरीलाई विद्यालय पनि पठाउन थालेका छन् । अहिलेसम्म तीनजनाले मात्र एसएलसी पास गरेका सो ठाउँमा पछिल्लो समय सबैले छोराछोरीलाई पढाउन थालेका हुन् । (रासस)

वि.सं.२०७६ भदौ १९ बिहीवार ०९:५५ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...